गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अनवारुल हक पाकिस्तानका नयाँ प्रधानमन्त्री अनवारुल हक पाकिस्तानका नयाँ प्रधानमन्त्री दीप संञ्चार साउन २७, २०८० गते १८:४२ मा प्रकाशित पाकिस्तानमा शाहबाज सरिफ सरकारले राजीनामा दिएपछि शनिबार त्यहाँ कामचलाउ सरकार गठन भएको छ ।अनवारुल हक कक्कडको नाममा सरकार र विपक्षी दलबीच सहमति भएपछि उनको नाम घोषणा गरिएको हो । अन्वारुल बलुचिस्तानका बासिन्दा हुन्।यसअघि पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले हालै राजीनामा दिएका प्रधानमन्त्री शहबाज शरीफ र राष्ट्रिय सभामा विपक्षी दलका नेता राजा रियाजलाई शनिबारसम्म कार्यवाहक प्रधानमन्त्रीको नियुक्तिबारे निर्णय गर्न निर्देशन दिएका थिए। इस्लामावादमा दुवै नेता अनवरको नाममा सहमत भएका थिए ।बलुचिस्तानका अनवरुल हक कक्कडले आज नै कार्यवाहक प्रधानमन्त्रीको सपथ लिने सम्भावना छ । अन्वर बलुचिस्तान नेसनल पार्टीका सिनेटर हुन्।अगस्ट ९ मा पाकिस्तानको नेशनल एसेम्बली विघटन भएपछि कार्यवाहक प्रधानमन्त्रीको टुंगो लगाउन प्रधानमन्त्री शाहबाज शरीफ र राजा रियाजबीच पटक–पटक बैठकहरू भएका थिए । सरिफले हिजो राजधानी इस्लामावादमा आफू र राजा रियाजले अगस्ट १२ ९शनिबार० सम्ममा यो पदमा आपसी सहमति हुने बताएका थिए ।यसै क्रममा शरीफले यो पनि भनेका थिए, ‘कार्यवाहक प्रधानमन्त्री छान्ने विषयमा अन्तिम निर्णय गर्नु अघि गठबन्धनका साझेदारहरूलाई पनि विश्वासमा लिइनेछ ।’क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न