गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनए युवा उपाध्यक्षमा रोशन थापाद्वारा पुन: उम्मेदवारी एनआरएनए युवा उपाध्यक्षमा रोशन थापाद्वारा पुन: उम्मेदवारी दीप संञ्चार साउन १८, २०८० गते १८:५५ मा प्रकाशित गैरआवासीय नेपाली संघ (एनआरएनए) को युवा उपाध्यक्षमा रोशन थापाले पुन उम्मेदवारी घोषणा गरेका छन ।थापालाई युवा उपाध्यक्षमा दोहोर्याउन धेरै एनआरएनए अभियन्ताहरु सकारात्मक देखिन्छन ।थापाले युवा उपाध्यक्षमा दोहोरिने इच्छा देखाएपछि एनआरएनए अभियन्ताहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन ।संघको एघारौं महाधिवेशन आगामी अक्टोबरमा हुँदैछ।विगत लामो समयदेखि जापान र अफ्रिकालाई आफ्नो कर्मथलो बनाएका थापा अनुभवी र सम्भावना बोकेका एनआरएनए युवा मानिन्छन ।२ दशकअघि अध्ययनका लागि जापान पुगेका थापा अहिले सफल व्यावसायी बन्न सफल भएका छन ।थापाले जापानको एडवा विश्वविद्यालयबाट आइटी म्यानेजमेन्टमा मास्टर डिग्री हासिल गरेका छन । उनी अटो मोबाइल र रियलस्टेट व्यवसायी समेत हुन ।थापाले जापानमा इन्स्योरेन्स क्षेत्रमा पनि लगानी गरेका छन। नेपालमा हाइड्रो तथा आइटी क्षेत्रमा समेत थापाको लगानी रहेको छ।थापासँग यसअघि एनआरएनए ताम्जिनियाको दुई कार्यकाल अध्यक्ष गरेको अनुभव पनि छ । उनले एनआरएनए अफ्रिकी क्षेत्रको संयोजक समेत भएर काम गरिसकेका छन ।छोटो समयमै विश्वभर आफ्नो लोकप्रियता कमाएका थापाले युवा उपाध्यक्षमा दोहोरिने घोषणा गरेपछि एनआरएनएमा चुनावी चहलपहल शुरु भएको छ ।क्याटेगोरी : ग्लोबलट्याग : #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल