गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ पाकिस्तानमा आत्माघाती बम बिष्फोट, ३५ जनाको मृत्यु पाकिस्तानमा आत्माघाती बम बिष्फोट, ३५ जनाको मृत्यु दीप संञ्चार साउन १५, २०८० गते १६:१६ मा प्रकाशित पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भएको बम विस्फोटमा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् । इस्लामिक राजनीतिक दल जमियत उलेमा–ए–इस्लाम–फजल (जेयूआई–एफ) को सम्मेलनमा यो विस्फोट भएको हो । सो बम विष्फोटका धेरै भिडियोहरु सामाजिक सञ्जालमा पनि बाहिरिएका छन् । भिडियोमा जमियत उलेमा–ए–इस्लाम–फजलका नेताले कार्यक्रमलाई सम्बोधन गरिरहेको र मानिसहरु जिन्दाबादको नारा लगाएको देख्न सकिन्छ । त्यसपछि ठूलो आवाज आउँछ। यसपछि त्यहाँ अराजकता छ । आत्मघाती हमलाकारीद्वारा गराइएको विष्फोट बाजौर आदिवासी जिल्लाको खारमा अपराह्न ४ बजे भएको थियो । पाकिस्तानी मिडियाका अनुसार विस्फोटको समयमा सम्मेलन स्थलमा ५०० भन्दा बढी मानिस उपस्थित थिए। प्रहरी डीआईजी (माल्काण्ड रेन्ज) नासिर महमूद सत्तीले प्रारम्भिक अनुसन्धानबाट यो आत्मघाती विस्फोट भएको बताए । विष्फोटको प्रकृति पत्ता लगाउन प्रमाण संकलन भइरहेको छ । उनले उक्त क्षेत्रमा खोजी अभियान सुरु गरिएको बताए । अहिलेसम्म कुनै पनि आतंकवादी समूहले यस हमलाको जिम्मेवारी लिएको छैन । जेयूआई एफ प्रमुख मौलाना फजलुर रहमानले घटनाको छानबिन गर्न पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफ र प्रान्तका कार्यवाहक मुख्यमन्त्री आजम खानसँग माग गरेका छन्।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #बम बिष्फोट, #मृत्यु तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल