गृहपृष्ठ ∕ राजनीति ∕ चितवन–२ मा ३ बजेसम्ममा ५१ प्रतिशत मत खस्यो चितवन–२ मा ३ बजेसम्ममा ५१ प्रतिशत मत खस्यो दीप संञ्चार वैशाख १०, २०८० गते १७:०० मा प्रकाशित काठमाडौँ, चितवन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा उत्साहजनक रुपमा मतदान भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । आइतबार दिउँसो ३ बजेसम्म ५१ प्रतिशतभन्दा बढी मत खसेको छ । निर्वाचन कार्यालयका अनुसार दिउँसो ३ बजेसम्म ५१ प्रतिशत मत खसेको छ ।भरतपुर ११ स्थित नयाँ किरण कमल कुसुम माविको मतदान केहिवेर प्रभावित भएपनि सुचारु गरिएको छ । दुई पक्षीय विवादका कारण प्रभावित भएको मतदान सुचारु गर्न सर्वदलीय बैठक जारी रहेको बताइएको छ ।चितवन २ मा रास्वपाले मतदानका क्रममा आचारसंहिता उलंघन गरेको विषयमा माफी मागेपछि विवाद मिलेको छ । भरतपुर ११ स्थित नयाँ किरण कमलकुसुम मतदान केन्द्रमा रास्वपाका कार्यकर्ताले उपनिर्वाचनको मतदान चलिरहेका बेला आचारसंहिता उलंघन गर्दै कार्यक्रम सञ्चालन गरेको आरोप एमालेलगायतका दलहरुले गरेका थिए ।दुई पक्षबीच झडपको स्थिति बन्दा मतदान प्रभावित बनेको थियो । मतदान सुचारु गर्ने सम्बन्धमा भएको सर्वदलीय बैठकमा रास्वपाले गल्ती भएको स्वीकार्दै क्षमायाचना गर्ने निर्णय गरेको छ ।मतदान केन्द्रको ३०० मिटर वरपर शान्ति सुरक्षा कायम गर्ने, आचारसंहिता उलंघनको विषय मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराउने, सबै दल एकढिक्का भएर चुनाव सम्पन्न गर्न लाग्नेसहितको ४ बुँदे निर्णय समेत भएको छ । सो निर्णयपछि भरतपुर ११ स्थित नयाँ किरण कमलकुसुम मतदान केन्द्रमा पुनः मतदान सुरु गरिएको छ ।क्याटेगोरी : राजनीतिट्याग : #Breakig, #उपनिर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न