गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ विदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममा विदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममा दीप संञ्चार माघ १५, २०७९ गते ८:४३ मा प्रकाशित काठमाडौं । नेपालको सरकारी सर्भरमा विदेशी ह्याकरले निरन्तर अट्याक गरेका छन्।शनिबार सिंहदरवारमा रहेको सरकारको केन्द्रीय सर्भरमा निरन्तर अट्याक भएको हो। राष्ट्रिय सूचना केन्द्रका सहनिर्देशक रमेश पोखरेलले सरकारी सर्भरमा अट्याक प्रयास भइरहेको बताए। उनले डेटा चोरी गर्ने उद्देश्यले पटक-पटक प्रयास भइरहेको बताए। ‘विदेशी ह्याकरहरूले पटक ९-पटक अट्याक गरिरहेका छन्। जसका कारण केन्द्रीय सर्भर डाउन भइरहेको छ। हाम्रा प्राविधिक साथीहरूले सर्भर सुरक्षाका लागि निरन्तर खटिरहनुभएको छ,’ उनले भने।ह्याकरले पहिलोपटक शनिबार १२ बजेतिर अट्याक गरेको राष्ट्रिय सूचना केन्द्रका एक अधिकारीले बताए। झन्डै पाँच घन्टापछि रिकभर भएको सर्भर फेरि साढे ७ बजे ह्याकरको अट्याककै कारण बन्द भएको ती अधिकारीको भनाइ छ। ‘सुरुमा हेर्दा सामान्य प्राविधिक समस्या होला भन्न ठानेका थियौं। तर पटक-पटक सर्भरमाथि अट्याक प्रयास भइरहेको छ। डेटा सुरक्षाका लागि भए पनि साथीहरू खटिरहुनभएको छ,’ ती अधिकारीले भने।सरकारको केन्द्रीय सर्भर डाउन हुँदा अति संवेदनशील क्षेत्रहरूको काम प्रभावित बनेको छ। अध्यागम विभागको सफ्टवेयर नचल्दा विदेशबाट आवत जावत गर्नेहरूको विवरण संकलनमा समेत समस्या आएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन कार्यालयका प्रमुख बासु घिमिरेले सर्भर डाउन हुँदा म्यानुअलीरूपमा विवरण संकलन गर्नुपरेको बताए। सर्भरमै समस्या हुँदा उडानसमेत प्रभावित बनेको थियो।यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।क्याटेगोरी : पत्रपत्रिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ?‘एमालेसँग दुरी बढाउने संकेत देखाउदै माओवादी’ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप