गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ जीवित शिशु मृत घोषणा प्रकरण : छानबिन समिति गठन जीवित शिशु मृत घोषणा प्रकरण : छानबिन समिति गठन दीप संञ्चार माघ ६, २०७९ गते ७:५७ मा प्रकाशित विराटनगर । कोसी अस्पताल विराटनगरमा जीवित शिशुलाई मृत घोषणा गरिएको घटना छानबिन गर्न समिति गठन भएको छ।अस्पतालका बालरोग विशेषज्ञ डा. प्रवीण झाको नेतृत्वमा घटना छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको हो। अस्पतालमा बिहीबार बसेको बैठकले डा.झासहित बालरोग विशेषज्ञ डा। सूर्यकान्त चौधरी र प्रशासनतर्फका कर्मचारी रामप्रसाद नेपाल सम्मिलित छानबिन समिति गठन गरिएको हो। समितिलाई सात दिनभित्र घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन दिन भनिएको छ।बुधबार कोसी अस्पतालको इमर्जेन्सीमा पुयाइएकी १८ दिने शिशुको सास नरहेको र धड्कन बन्द भएको भन्दै मेडिकल अफिसर डा. आकाश यादवले मृत घोषणा गरिदिएका थिए। चिकित्सकले मृत घोषणा गरेपछि दाह संस्कारका लागि लैजाँदै गर्दा बीच बाटोमा बच्चा रोएको थियो।चिकित्सकले मृत घोषणा गरेको बच्चा रोएपछि परिवारका सदस्यले अस्पतालले चरम लापरबाही गरेको भन्दै विरोध गरेका थिए। सोही कारण बुधबार दिनभर कोसी अस्पतालमा तनाव भएको थियो भने शिशुका परिवारका सदस्यले चिकित्सक दिलीप मुखियामाथि हातपात गरी घाइते बनाइदिएका थिए। घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउसमेत गरेको थियो।मोरङको जहदा गाउँपालिका–३ का दिलीप मुखियाले १८ दिने नवजात शिशुमा श्वासप्रश्वासको समस्या भएपछि बुधबार बिहान ८ बजे अस्पताल लैजानुभएको थियो। बुवा दिलीप र आमा उमा मुखियाले अस्पताल पु(याउँदा शिशुको स्वास्थ्य चिन्ताजनक थियो। चिकित्सकले स्वास्थ्य परीक्षण गरेपछि शिशुलाई उपचारमा नराखी मृत घोषणा गरिदिएका थिए। कोसी अस्पतालले मृत घोषणा गरेका शिशुको अहिले नजिकैको गोल्डेन अस्पतालको एनआईसीयूमा राखेर उपचार भइरहेको दिलीप मुखियाले जानकारी दिनुभयो।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।क्याटेगोरी : पत्रपत्रिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल