गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ मगर समुदायको राष्ट्रिय पर्व “माघ्या सकराटी” युएईमा मनाउदै मगर समुदायको राष्ट्रिय पर्व “माघ्या सकराटी” युएईमा मनाउदै दीप संञ्चार माघ ४, २०७९ गते १३:४४ मा प्रकाशित मगर समुदायको धार्मिक र सांस्कृतिक महत्त्व बोकेको राष्ट्रिय पर्व माघे संक्रान्ती नेपाल मगर संघ शाखा युएईले विविध सांस्कृतिक कार्यक्रम सहित मनाउने भएको छ ।प्रवासमा रहेर पनि आफ्नो मौलिक संस्कार, संस्कृति, चाडपर्व तथा परम्पराहरुलाई जगेर्ना गर्ने र नयाँ पुस्तालाई पुस्तान्तरण गर्ने उदेश्यले युएईमा रहेका मगर समुदायले हरेक वर्ष माघ्या सकराटी कार्यक्रमको आयोजना गरि मनाउदै आएका छन।आगामी २२ जनवरीको दिन क्लब एभरेस्ट, बर दुबईको हलमा आयोजना हुने उक्त कार्यक्रममा गइरहेको कार्यक्रम नेपालबाट आउनु हुने लोक गायक सन्तु थापा मगर तथा डान्सर एवं मोडल अस्मिता राना मगरको विषेश प्रस्तुति रहने कार्यक्रम संयोजक मनु गाहा मगरले बताउनु भयो ।कार्यक्रममा स्थानिय कलाकारहरुको साथमा मगर पञ्चेबाजा, लाङ्घाली संगीत संसार युएई , मगर ब्रदर्स र नेप्लिज डान्स ग्रुप युएईको समेत सांगीतिक प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।मगर समुदायले राष्ट्रिय पर्वको रुपमा हिउँद महिनाको मध्य महिना माघ १ गतेको दिन तिलको लड्डु , वन तरुल, घ्यू , चाकु, खिचडी, बटुक सँगुरको मासु इत्यादी परिकार बनाई चेलीबेटी लाई बोलाई खुवाउने चलन रहि आएको पाइन्छ । यो पर्वलाई अन्य समुदायले पनि आआफ्नो प्रचलन अनुसार उत्तिकै महत्त्वका साथ मनाउने गरेको पाईन्छ ।क्याटेगोरी : ग्लोबल, गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट