गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एनआरएनए यूकेको खड्का नेतृत्वको समितिलाई एनआरएनए आइसीसीबाट अनुमोदन एनआरएनए यूकेको खड्का नेतृत्वको समितिलाई एनआरएनए आइसीसीबाट अनुमोदन एमआईएस सिस्टममार्फत सदस्यता खुलाउने तयारी दीप संञ्चार पुस २२, २०७९ गते १७:११ मा प्रकाशित लन्डन। गैरआवासीय नेपाली संघ एनआरएनए युकेको सुनिलबाबु खड्काको नेतृत्वमा रहेको कार्यसमितिलाई एनआरएनए आइसीसीले अनुमोदन गरेको छ ।कार्यकारी अध्यक्ष रविना थापाको अध्यक्षतामा बुधबार बसेको आइसीसी बैठकले एनआरएनए यूकेमा विशेष अधिवेशनमार्फत् आएको उक्त समितिलाई अनुमोदन गर्ने निर्णय गरेको जनाएको छ ।बेलायतको विवादसम्बन्धमा आइसीसी अध्यक्ष कुल आचार्यले प्रस्तुत गरेको पुनर्गठित कार्यसमितिसम्बन्धि सिफारिशलाई बैठकले अनुमोदन गरेको हो ।एनआरएनए यूके विवादबारे अध्ययन गरी समाधानका लागि सिफारिश गर्न आइसीसीले अध्यक्ष आचार्य र बेलायतस्थित अन्य पदाधिकारीलाई जिम्मेवारी दिएको थियो ।यसअघि संघको प्रतिष्ठामा आँच आउने गरी विधानविपरित गतिविधिमा संलग्न भएको भन्दै एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरलाई आइसीसीले गत सेप्टेम्बर १३ मा पदमुक्त गरेको घोषणा गरेको थियो । त्यसको एक महिनापछि अक्टोबर १८ मा लन्डनमा सम्पन्न विशेष साधारणसभाले उपाध्यक्ष सुनिलबाबु खड्कालाई अध्यक्ष मनोनित गरेको थियो ।आइसीसीबाट अनुमोदन भएसंगै सुनिलबाबु खड्काको नेतृत्वमा रहेको समितीले नै एनआरएनएको केन्द्रीय ‘एमआइएस सिस्टम’ मार्फत सदस्यता वितरण गर्न पाउने जनाएको छ ।जसअनुसार यही जनवरी ८ तारिखदेखि नै केन्द्रीय ‘एमआईएस सिस्टम’मार्फत सदस्यता आवेदन खुलाउने तयारी गरिएको एनआरएनए युकेले जनाएको छ । सोही दिन समितिले लन्डनमा एक नयाँ वर्ष शुभकामना तथा अन्तरक्रिया कार्यक्रम पनि आयोजना गर्ने जनाएको छ । धेरै विवादपछि अन्तत एनआरएनए आईसिसिले एनआरएनए युकेमा खड्का नेतृत्वलाई मान्यता दिएको छ ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल