Techie IT
×
गृहपृष्ठग्लोबलएनआरएनए कतारले शुक्रवार २०औं स्थापना दिवस मनाउँदै, यस्तो छ कार्यक्रम

एनआरएनए कतारले शुक्रवार २०औं स्थापना दिवस मनाउँदै, यस्तो छ कार्यक्रम


गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार (एनआरएनए कतार) ले शुक्रवार २०औं स्थापना दिवस भब्यताका साथ मनाउने भएको छ ।

कार्यक्रमका लागि कतारमा स्थापित सम्पूर्ण संघसंस्था प्रमुख तथा प्रतिनिधि, पत्रकार साथै परिषद सदस्यहरुमा २०औं स्थापना दिवस कार्यक्रममा उपस्थितिको लागि एनआरएनए कतारले अनुरोध गरेको छ ।

एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले एक बिज्ञप्ती जारी गर्दै २०औं स्थापना दिवस कार्यक्रम भब्यताका साथ आयोजना गरिएकाले उक्त कार्यक्रममा उपस्थित जनाउन कतारमा रहेका एनआरएनए अभियन्ता र परिषद सदस्यहरुलाई आग्रह गरेका छन । अध्यक्ष मुक्तदाले यसपटकको २० औं बार्षिकोत्सव कार्यक्रम छुट्टै र विशेष भएको बताए ।

उनले २० औं बार्षिकोत्सव कार्यक्रमको तयारी सकिएको जनाउदै कार्यक्रमको लागी खटिनुभएका सबैलाई धन्यवाद ब्यक्त गरे ।

एनआरएनए कतारको विज्ञप्ति
कतारमा स्थापित सम्पूर्ण संघसंस्था प्रमुख तथा प्रतिनिधि ज्यूहरू,पत्रकार ज्यूहरु साथै परिषद सदस्य ज्यूहरुमा हार्दिक नमस्कार१
विषयस् २०औं स्थापना दिवस कार्यक्रममा उपस्थितिको लागि अनुरोध सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले तपसिलमा उल्लेख गरिएको मिति, स्थान र समयमा आफ्नो २० औं स्थापना दिवस मनाउने कार्यक्रम आयोजना गरिएकोले यहाँहरुको गरिमामय उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ।
मिति :२३ डिसेम्बर २०२२, शुक्रवार
स्थान: Oasis Beach Club, Doha
समय : दिनको १२:३० बजे

मोहम्मद मुक्तदा
अध्यक्ष
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #hot, #NRNA, #एनआरएनए कतार

तपाईको प्रतिक्रिया दिनुहोस