क्रिप्टोकरेन्सी (गुप्तमुद्रा)का उधमी साम बैंकम्यान-फ्राइड १६ अर्ब डलर टाट पल्टिए पछि फरार रहेका उनलाई बहामासमा पक्राउ
अमेरिकामा एक हप्ता भित्रमा क्रिप्टोकरेन्सी (गुप्तमुद्रा)का उधमी १६ बिलियन(अर्ब)बाट टाट पल्टिए पछि फरार रहेका उनलाई बहामासमा पक्राउ गरिएको छ । उनको कारोवार एक हप्ता भन्दा कम समय अवधिमा सबै १६ बिलियन डलर (अर्ब डलर) शुन्य मुल्यमा झरेको थियो ।
अमेरिकी अभियोजकहरूले उनी विरुद्ध आपराधिक आरोप लगाए पछि फ्राइडलाई सोमबार बहामासमा गिरफ्तार गरिएको थियो । बैंकम्यान-फ्राइडलाई नासाउमा सोमबार बेलुका ६ बजे पछि आफ्नो आवास गृहमा कुनै घटना बिना नै गिरफ्तार गरिएको थियो । उनलाई मंगलबार अदालतमा उपस्थित हुने तयारी गरिएको रोयल बहामास प्रहरी बलले एक विज्ञप्तिमा जनाएका छन् ।
उनि मङ्गलबार अमेरिकी आवास वित्तीयन सेवा समिति (युएस हाउस फाइनान्सियल सर्भिसेस कमिटी)मा भर्चुअल (परोक्ष) रूपमा उपस्थित हुने तालिका थियो ।
द न्यूयोर्क टाइम्सले यस विषयमा परिचित व्यक्तिलाई उद्धृत गर्दै बैंकम्यान-फ्राइड विरुद्ध बिधुतिय आदान प्रदान ठगी, बिधुतिय जालसाजी षड्यन्त्र, धितोपत्र जालसाजी, धितोपत्र जालसाजी षड्यन्त्र र धनशोधन (मनी लान्ड्रिङ) समावेश गरेको बताएको छ।
ब्लूमबर्गका अनुसार फ्राइडसँग १६ बिलियन डलर रहेको थियो तर उनको क्रिप्टो लेनदेन (गुप्तमुद्रा एक्सचेन्ज) एफटिएक्स पुरै पतन हुन् पुग्यो । ब्लूमबर्गले उनको सम्पतिलाई “इतिहासको सबैभन्दा ठूलो धनको विनाश मध्ये एक” भनि सज्ञा दिएको थियो । उनि प्रमुख कार्यकारी थिए भने उनले राजीनामा दिनु परेको थियो ।
क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिका
ताजा अपडेट
- नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
तपाईको प्रतिक्रिया दिनुहोस