गृहपृष्ठ ∕ राजनीति ∕ सत्ता गठबन्धनको दाबी : ‘अहिलेकै गठबन्धनलाई अघि बढाउने गरी जनमत आयो’ सत्ता गठबन्धनको दाबी : ‘अहिलेकै गठबन्धनलाई अघि बढाउने गरी जनमत आयो’ दीप संञ्चार मंसीर १९, २०७९ गते १९:०६ मा प्रकाशित सत्ता गठबन्धनमा सहभागी दलहरूले यही गठबन्धनलाई निरन्तरता दिने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमवार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूको बैठकले देशलाई अहिलेकै गठबन्धन आवश्यक रहेको भन्दै मिलेर जाने सहमति गरेका हुन् ।यही गठबन्धनलाई अघि बढाउने तथा सरकार सञ्चालन र नेतृत्वको विषयमा थप छलफल गर्दै जाने निष्कर्ष निकालिएको नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए । नागरिकले दिएको जनमतले पनि गठबन्धनको निरन्तरतालाई पुष्टि गरेको बैठकको निष्कर्ष छ ।आजको बैठकमा चुनावको नतिजाबारे पनि समीक्षा भएको भुसालले जानकारीदिए । बैठकमा प्रधानमन्त्री एवम् कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरू सहभागी थिए ।‘आम मतदाताको भरोसा र भावनालाई कदर गर्दै जनता र देशको हितलाई केन्द्रमा राखेर आगामी दिनमा थप एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ’, बैठकपछिको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।गठबन्धनको सरकारले पालिका, प्रदेश र प्रतिनिधि सभाको चुनाव सफलतापूर्वक सम्पन्न गरेसँगै लोकतन्त्र थप सुदृढ हुँदै संविधान सुरक्षित हुने र देश राजनीतिक स्थायित्व तथा समृद्धितर्फ अघि बढेको पनि गठबन्धनको दाबी छ । चुनावको बेला गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन दिँदा दिँदै पनि केही क्षेत्रमा असहयोग र असमझादारी देखिएको भन्दै गठबन्धनले आउँदा दिनमा उचित समीक्षा र सम्बोधन गर्ने जनाएको छ । चुनावमा सहयोग गर्ने र मत दिने सबै मतदातालाई धन्यवाद दिँदै गठबन्धनका दलहरूले निर्वाचित भएका सबै सांसदलाई बधाईसमेत दिएका छन् ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #सत्ता गठबन्धन बैठक तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट