गृहपृष्ठ ∕ राजनीति ∕ सत्ता गठबन्धनको दाबी : ‘अहिलेकै गठबन्धनलाई अघि बढाउने गरी जनमत आयो’ सत्ता गठबन्धनको दाबी : ‘अहिलेकै गठबन्धनलाई अघि बढाउने गरी जनमत आयो’ दीप संञ्चार मंसीर १९, २०७९ गते १९:०६ मा प्रकाशित सत्ता गठबन्धनमा सहभागी दलहरूले यही गठबन्धनलाई निरन्तरता दिने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमवार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूको बैठकले देशलाई अहिलेकै गठबन्धन आवश्यक रहेको भन्दै मिलेर जाने सहमति गरेका हुन् ।यही गठबन्धनलाई अघि बढाउने तथा सरकार सञ्चालन र नेतृत्वको विषयमा थप छलफल गर्दै जाने निष्कर्ष निकालिएको नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए । नागरिकले दिएको जनमतले पनि गठबन्धनको निरन्तरतालाई पुष्टि गरेको बैठकको निष्कर्ष छ ।आजको बैठकमा चुनावको नतिजाबारे पनि समीक्षा भएको भुसालले जानकारीदिए । बैठकमा प्रधानमन्त्री एवम् कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरू सहभागी थिए ।‘आम मतदाताको भरोसा र भावनालाई कदर गर्दै जनता र देशको हितलाई केन्द्रमा राखेर आगामी दिनमा थप एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ’, बैठकपछिको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।गठबन्धनको सरकारले पालिका, प्रदेश र प्रतिनिधि सभाको चुनाव सफलतापूर्वक सम्पन्न गरेसँगै लोकतन्त्र थप सुदृढ हुँदै संविधान सुरक्षित हुने र देश राजनीतिक स्थायित्व तथा समृद्धितर्फ अघि बढेको पनि गठबन्धनको दाबी छ । चुनावको बेला गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन दिँदा दिँदै पनि केही क्षेत्रमा असहयोग र असमझादारी देखिएको भन्दै गठबन्धनले आउँदा दिनमा उचित समीक्षा र सम्बोधन गर्ने जनाएको छ । चुनावमा सहयोग गर्ने र मत दिने सबै मतदातालाई धन्यवाद दिँदै गठबन्धनका दलहरूले निर्वाचित भएका सबै सांसदलाई बधाईसमेत दिएका छन् ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #सत्ता गठबन्धन बैठक तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप