गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ ‘प्रमुख दलकै कमजोरीले नयाँ शक्तिको उदय’ ‘प्रमुख दलकै कमजोरीले नयाँ शक्तिको उदय’ दीप संञ्चार मंसीर १६, २०७९ गते ९:३७ मा प्रकाशित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रमुख दलहरूकै कमजोरीका कारण स्वतन्त्र पार्टीलगायतका नयाँ शक्तिहरूको उदय भएको बताउनुभएको छ। नेपाल प्रेस युनियन चितवनले बिहीबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नयाँ शक्तिको उदयलाई आफूले गम्भीर रूपमा लिएको धारणा राख्नुभयो।उहाँले भन्नुभयो, “युवाको जोश र पुरानाको अनुभवलाई मिलाएर देश चलाउनुपर्छ। नयाँ शक्तिहरूको आगमनलाई मैले गम्भीरतापूर्वक लिएको छु। नयाँ शक्तिको आगमन हाम्रा कमी कमजोरीका कारणले भएको असन्तुष्टिको सन्देश भनेर मैले बुझेको छु।”रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी, सीके राउत नेतृत्वको जनमत पार्टीलगायतका नयाँ पार्टीले अहिले पाएको जनमतलाई उहाँले प्रमुख दलहरूप्रतिको असन्तुष्टिका रूपमा लिएको बताउनुभयो। अब जनतामा देखिएको असन्तुष्टि समाधानका लागि आउने दिनमा बन्ने नयाँ सरकारले जनपक्षीय काम गर्नुपर्ने उहाँको धारणा थियो।उहाँले पुसको पहिलो साताभित्र नयाँ सरकार गठन हुने पनि जनाउनुभयो। बाम लोकतान्त्रिक गठबन्धनकै सरकार बन्ने र त्यसको नेतृत्व आफूले गर्ने उहाँले दाबी गर्नु्भयो। कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने उहाँको धारणा छ। यसो हुँदा त्यसको नेतृत्व आफूले पाउनुपर्ने स्वाभाविक माग भएको बताउनुभयो।उहाँले भन्नुभयो, “गठबन्धनको बहुमत पुगेको छ। गठबन्धनको सरकार बन्छ। दलहरूबीच सल्लाह हुँदैछ। अबको सरकारको नेतृत्वमा मेरो दाबेदारी स्वाभाविक रहनेछ। म प्रधानमन्त्रीको स्वाभाविक उम्मेदवार हुँ।” आफूलाई प्रधानमन्त्री बनाउन सभापति शेरबहादुर देउवालगायतका नेताहरू सकारात्मक रहेको पनि उहाँले बताउनुभयो।गोरखापत्र अनलाइन क्याटेगोरी : पत्रपत्रिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप