गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ ‘प्रमुख दलकै कमजोरीले नयाँ शक्तिको उदय’ ‘प्रमुख दलकै कमजोरीले नयाँ शक्तिको उदय’ दीप संञ्चार मंसीर १६, २०७९ गते ९:३७ मा प्रकाशित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रमुख दलहरूकै कमजोरीका कारण स्वतन्त्र पार्टीलगायतका नयाँ शक्तिहरूको उदय भएको बताउनुभएको छ। नेपाल प्रेस युनियन चितवनले बिहीबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नयाँ शक्तिको उदयलाई आफूले गम्भीर रूपमा लिएको धारणा राख्नुभयो।उहाँले भन्नुभयो, “युवाको जोश र पुरानाको अनुभवलाई मिलाएर देश चलाउनुपर्छ। नयाँ शक्तिहरूको आगमनलाई मैले गम्भीरतापूर्वक लिएको छु। नयाँ शक्तिको आगमन हाम्रा कमी कमजोरीका कारणले भएको असन्तुष्टिको सन्देश भनेर मैले बुझेको छु।”रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी, सीके राउत नेतृत्वको जनमत पार्टीलगायतका नयाँ पार्टीले अहिले पाएको जनमतलाई उहाँले प्रमुख दलहरूप्रतिको असन्तुष्टिका रूपमा लिएको बताउनुभयो। अब जनतामा देखिएको असन्तुष्टि समाधानका लागि आउने दिनमा बन्ने नयाँ सरकारले जनपक्षीय काम गर्नुपर्ने उहाँको धारणा थियो।उहाँले पुसको पहिलो साताभित्र नयाँ सरकार गठन हुने पनि जनाउनुभयो। बाम लोकतान्त्रिक गठबन्धनकै सरकार बन्ने र त्यसको नेतृत्व आफूले गर्ने उहाँले दाबी गर्नु्भयो। कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने उहाँको धारणा छ। यसो हुँदा त्यसको नेतृत्व आफूले पाउनुपर्ने स्वाभाविक माग भएको बताउनुभयो।उहाँले भन्नुभयो, “गठबन्धनको बहुमत पुगेको छ। गठबन्धनको सरकार बन्छ। दलहरूबीच सल्लाह हुँदैछ। अबको सरकारको नेतृत्वमा मेरो दाबेदारी स्वाभाविक रहनेछ। म प्रधानमन्त्रीको स्वाभाविक उम्मेदवार हुँ।” आफूलाई प्रधानमन्त्री बनाउन सभापति शेरबहादुर देउवालगायतका नेताहरू सकारात्मक रहेको पनि उहाँले बताउनुभयो।गोरखापत्र अनलाइन क्याटेगोरी : पत्रपत्रिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट