गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ प्रेमलालको रहरलाग्दो प्रेमिल कृषि खेती प्रेमलालको रहरलाग्दो प्रेमिल कृषि खेती प्रिया स्मृती गजमेर असोज ९, २०७६ गते १८:५७ मा प्रकाशित दाङ, लमही नगरपालिका वडा नम्बर ७ बनघुस्रीका प्रेमलाल चौधरीले २ कट्ठा जग्गामा गौरब ५ सय ५५ जातको टमाटर खेती गरेका छन ।धेरै पहिले देखि विभिन्न जातका तरकारी खेती गर्दै आएका चौधरीले यो पटक भने अलि ब्यबस्थित तरिकाले गरेका छन । उनले आउदो तिहार सम्म टमाटर बिक्रीको लागि तयार हुने गरि खेती गरेका छन । बितेको सालमा अनुमानित ४० देखि ५० हजार सम्मको टमाटर बिक्री गरेको चौधरीले बताए ।अब यो बर्ष पनि निकै मेहनत गरेर गरेको छु हेरौ कस्तो हुन्छ चौधरीले भने । यदि समयले साथ दियो भने एक बिरुवाले कम्तिमा पनि ५ किलो सम्म दाना दिने गर्दछ । सुरु सुरुमा घरमा खानको लागि गर्ने गर्दथे तर गरे पछि हुने रैछ भन्ने लाग्यो र सुरु गरेको चौधरीले बताए । तरकारी खेतीको लागि चाहिने मलको पनि आफैले ब्यबस्था गरेका छन । चौधरीले आफ्नै जग्गालाई भाडामा दिएर ब्रोइलर कुखुरा फार्म समेत चलाएका छन । जग्गाको भाडा त्यही कुखुराको मल लिने र तरकारीमा हाल्ने गरेको छु चौधरीले भने । धेरै मेहनत गर्नु पर्छ। कहिले किराले सताउछ कहिले असिना पानीले । टमाटरको बजार मूल्य सस्तो हुने भएकोले टमाटरको खेति गर्ने किसान मर्कामा पर्ने गरेको उनले बताए । त्यस्तै एक कट्ठा जग्गामा चौधरीले अकबरे जातको लोकल खुर्सानीको पनि खेती गरेका छन । बनघुस्री गाउ पुर्बपश्चिम राजमार्ग संगै जोडिएको कारण पनि त्यहा उत्पादन गरिएका तरकारी लमही बजार सम्म ल्याउन कुनै समस्या छैन । तरकारी तयार भए पछि प्रेमलाल आफैले मोटरसाइकलमा राखेर लमही बजार सम्म पुराउने गर्दछन । कम्तिमा पनि दुई सयको घरधुरी संख्या रहेको बनघुस्री गाउमा पानीको भने समस्या रहेको छ ।दुई सय घरधुरी संख्याको लागि बनघुस्रीमा सिचाइका लागि एक वटा मात्र बोरिङ रहेको छ । खेतिपातीको समयमा यति धेरै किसानको खेतमा पानी बाड्दा बाड्दै पालो आउदैन जस्ले गर्दा खेतीपातीमा असर पर्ने गरेको वडा नम्बर ७ का स्थानिय केदार चौधरीले बताए ।क्याटेगोरी : प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप