गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ तान्जानियाको एउटा यात्रुवाहक विमान भिक्टोरिया तालमा दुर्घटना हुँदा कम्तिमा १९ जनाको मृत्यु तान्जानियाको एउटा यात्रुवाहक विमान भिक्टोरिया तालमा दुर्घटना हुँदा कम्तिमा १९ जनाको मृत्यु दीप संञ्चार कात्तिक २१, २०७९ गते ७:२५ मा प्रकाशित तान्जानियाको एउटा यात्रुवाहक विमान बुकोबामा अवतरण गर्ने क्रममा भिक्टोरिया तालमा दुर्घटनाग्रस्त हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ । प्रेसिजन एयरको यो विमानमा ४३ जना सवार थिए, जसमध्ये २६ जनालाई दुर्घटनापछि अस्पताल लगिएको थियो ।उद्धारकर्मी र स्थानीय माझीहरूले विमानमा फसेका यात्रुहरुको उद्धार गरेका थिए । विमानस्थलमा विमानको पर्खाइमा रहेका अब्दुल नूरीले विमान पानीमा खसेको देखेको बताए । ‘हामी छक्क पर्यौँ,’ उनले बीबीसीलाई भने, ‘मानिसहरू डराएर कोही रुन थाले। आगमन गेटमा मानिसहरू पनि चिच्याउन थाले किनभने त्यहाँ धेरैजसो मानिसहरू उभिरहेका थिए, जो आफ्ना प्रियजनहरूलाई पर्खिरहेका थिए।’घटनास्थलमा पहिलो पटक पुगेका माझीहरूसँग कुरा गर्दा उनीहरूले विमानको पछाडिको ढोका खोलेका कारण केही व्यक्तिलाई विमानबाट बाहिर निकाल्न सफल भएको बताए । यो दुर्घटनाको लागि खराब मौसम दोष लगाइएको छ।यो ताल बुकोबा एयरपोर्टको धेरै नजिक छ र यो अफ्रिकाको सबैभन्दा ठूलो ताल हो। राष्ट्रपति सामिया सुलुहु हसनले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #मृत्यु, #विमान दुर्घटना तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप