गृहपृष्ठ ∕ ग्लोबल ∕ गैरआवासीय नेपाली संघको महिला संयोजकमा प्रमिला बस्नेतको उम्मेद्वारी घोषणा गैरआवासीय नेपाली संघको महिला संयोजकमा प्रमिला बस्नेतको उम्मेद्वारी घोषणा नवराज विक असोज ८, २०७६ गते २२:२८ मा प्रकाशित दोहा, गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको नबौ बिश्व सम्मेलनको सरगर्मी बढेको छ । यतिखेर विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी रहे सगै एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहदै आएकी क्यानडा निवासी प्रमिला बस्नेत आशन्न महाधिवेशनमा महिला संयोजकमा उम्मेद्बारी दिने घोषणा गरेकी छन् ।गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानडाको स्थापना सगै सकृय रहदै आएकी बस्नेत महिला संयोजक हुदै आइसीसी सदस्यमा समेत काम गरिसकेकी छिन् । बस्नेतले क्यानडामा नेपाली समुदायको मन्दिर स्थापना देखि हरेक नेपालीको समस्या समाधानमा सक्रिय हुदै आइरहेकी छिन ।नेपालमा भक्तपुर जिल्लामा जन्मिएकी बस्नेतले नेपालमा रहदा समेत विभिन्न सामाजिक संघसस्थामा रहेर काम गर्दै समाज सेवा प्रतिको लगाब लाई निरन्तरता दिदै अहिले पनि महिला तथा बालबालिकाको क्षेत्रमा सहयोग गर्दै आएकी छिन् ।गैरआवासिय नेपाली संघको अभियानमा महिलाहरुको सहभागीता बढाउदै स्वदेश तथा बिदेशमा रहेका सम्पुर्ण नेपाली महिलाहरुको सामाजिक स्तर वृद्धि गर्दै संस्थागत विकास र गतिशील बनाउदै जानू पर्नेमा जोड दिने बताएकी छन् ।बस्नेतले युरोप अमेरिका लगायत खाडी देशहरुमा कार्यरत महिलाहरुको समस्या पहिचान गर्दै समाधानमा जोड दिने बताउदै बिशेषत महिला उद्यमशिलता, सशक्तिकरण र जनचेतनाका अभियान सञ्चालन गरि महिला स्वरोजगारको अभियान चलाउन आफू लागी पर्ने बताएकी छन् । उनले नेपाल सरकार र गैरआवासीय नेपाली संघ मार्फत प्रबासमा बस्ने महिलाहरुको श्रम सीप र क्षमता लाई नेपालको समुन्नतिको अभियान अगाडी बढाउनमा जोड दिएकी छिन् ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा…एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै