‘दशैं धमाका २०७९’ को तयारी अन्तिम चरणमा, भोली कलाकारहरू आउँदै
दोहा – एसएसके ब्रदर्सको आयोजनामा हुन गइरहेको “दशैँ धमाका २०७९”को तयारी अन्तिम चरणमा रहेको छ ।
कार्यक्रम आगामी ३० सेप्टेम्बर २०२२ शुक्रबारका दिन नेपालीहरुको महान् चाड विजया दशमीको शुभ अवसरमा दोहा स्थित ओसिस वीच क्लबको स्पोर्ट्स कोडमा हुँदैछ ।
कार्यक्रमको लागि आवस्यक सम्पूर्ण तयारीहरू पूरा भएको र अब कलाकारहरूको आगमन तथा स्टेजको अन्तिम सजावट मात्रै बाँकी रहेको कार्यक्रम संयोजक डेगबहादुर भारती उर्फ सुमनले जानकारी दिएका छन ।
भारतीले भने, “कलाकारहरूको भिषा टिकट होटल लगायत सम्पूर्ण काम भैसक्यो, २ दिन भित्र सबैजना आईसक्नुहुनेछ ।” “बहुचर्चित भर्सटायल गायक, सर्जक रमेश राज भट्टराई, चर्चित गायक सर्जक तथा मोडेल अर्जुन सापकोटा र पछिल्लो समयकी हिट लोक तथा दोहोरी गायिका सम्झना भण्डारी लगायत अतिथि कलाकारहरू आउँदैहुनुहुन्छ ।”
त्यस्तै भारतीले पछिल्लो समय चर्चाको शिखरमा रहेका मोडल द्वय प्रीति पासवान र करिश्मा पुन मगर समेत अतिथि कलाकारका रुपमा आउँदै गरेको जानकारी दिए ।
भारतीले थपे, “भोजपुरी चलचित्रकि नायीका तथा चर्चित डान्सर पासवानको क्रेज धेरै रहेछ, त्यसैले पनि कार्यक्रमले निकै चर्चा पायो ।” भारती अगाडी थप्छन्, “रमेश राज भट्टराई, अर्जुन सापकोटा, सम्झना भण्डारी जस्ता भर्सटाईल गायक गायीका एवं सर्जकहरूको आगमन हुने कुराले सबैलाई उत्साहित बनाएको थियो । तर यो पटक प्रीतिको समेत आगमन हुनेकुराले मधेस तथा भोजपुरी समुदायलाई समेत हर्षित तुल्याएको छ । यस अर्थ हामीले हिमाल पहाड तराई सबैलाई समेट्ने प्रयास गरेका छौं।”
कतार बासी नेपालीहरूको लागि महान चाड विजया दशमीलाई विशेष बनाउने र सामुहिकरूपमा दशैंको उत्सव मनाउने हेतुले आयोजित कार्यक्रम दिनको ४ बजे देखि रातको १० बजे सम्म चल्नेछ ।
हजारौंको संख्यामा दर्शकहरूको उपस्थिति रहने कार्यक्रममा शुभकामना लगायतका कुनै मन्तव्य नराखिने जानकारी दिदै एसएसके ब्रदर्सका प्रवन्ध निर्देशक कृष्ण पन्थीले थपे, “हामी सामुहिक दशैं उत्सव मनाउँदै छौं र यो कार्यक्रम विशुद्ध साँगेतिक हुन्छ ।”
संचारकर्मीहरूसंग संक्षिप्त कुराकानी गर्दै पन्थीले भने, “मुख्य प्रायोजकका रुपमा नेपाली व्यवसायी रमेश केसीको स्मार्ट ज्वेलरी रहेको छ भने कतारमा स्थापित संघ संस्था एवं व्यवसायीहरू ईमेन्ट पार्ट्नरको रहनु भएको छ।”
पन्थीले थपे, “हामिले कतारी रियाल एक सय र पचासको टिकट व्यवस्था गरेका छौं, यसबाट आएको बचतलाई अनाथ तथा जेहेन्दार बालबालिकाको शिक्षाको लागि खर्च गर्नेछौं ।”
कार्यक्रमको तयारी भव्यरूपमा भएको र सफलता समेत भव्यरूपमा हुने विश्वास लिएको बताउँदै कार्यक्रमका मिडिया संयोजक दिपजङ्ग शाह ठकुरीले कतारका अग्रजहरू, बुद्धिजीवी, व्यवसायी, समाजसेवी, सामाजिक अभियन्ता, सञ्चारकर्मी लगायत सम्पूर्ण नेपाली एवं नेपालीभाषी दाजुभाइ तथा दिदी बहिनीहरूलाई उक्त कार्यक्रममा उपस्थिति जनाएर सफल पारी दिन आग्रह समेत गरेका छन् ।
ठकुरीले थपे, “कार्यक्रमलाई व्यवस्थित र सबैको साझा बनाउने उदेश्यले टिकटको व्यवस्था गरेका हौं, यो कुनै कमर्सियल कार्यक्रम होईन । कार्यक्रममा आर्थिक अपूग भएमा आयोजकले व्यवस्थापन गर्नेछ भने बचत भएमा सामाजिक काममै लगानी गर्नेछ ।”
क्याटेगोरी : मनाेरञ्जन, गल्फ
ट्याग : #breaking, #दशैं
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस