गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ पुर्वाधार तयार गरेर संघको नेतृत्व चयन प्रत्यक्ष मतदानबाट : डा. हेम राज शर्मा, उपाध्यक्ष एनआरएनए पुर्वाधार तयार गरेर संघको नेतृत्व चयन प्रत्यक्ष मतदानबाट : डा. हेम राज शर्मा, उपाध्यक्ष एनआरएनए दीप संञ्चार असोज ३, २०७९ गते १५:३२ मा प्रकाशित गैरआवासीय नेपाली संघ एनआरएनएका उपाध्यक्ष डा. हेम राज शर्माले पुर्वाधार तयार गरेर संघको नेतृत्व चयनको लागि प्रत्यक्ष मतदान गर्न सकिने बताएका छन् ।डा. शर्माले नेपाली प्रवासी मंच अन्तराष्ट्रिय समितिले आइतवार गरेको एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आफु शुरु देखीनै साधारण सदस्यहरुबाटै नेतृत्व चयन हुनु पर्ने पक्षमा रहेको बताए ।उनले सन् २०२३ मा संघको नेतृत्वको लागि निर्वाचन गर्न नसके संस्थानै विघठन हुने बताए ।पूर्वाधार र क्षेत्रीय सन्तुलनका आधार तयार गरे पछि प्रत्यक्ष साधारण सदस्यहरुले नेतृत्व चयन गर्ने गरि मतदान गर्न सकिने बताए । तीनवटा अध्यक्ष बनाए पछि मुखै देखाउन नसक्ने अबस्था आएको बताए । अहिलेकै विधानमा न्यूनत सहमति गरेर अघि बढ्न आग्रह गरे ।संघको विधान समितिका संयोजक समेत रहेका डा. शर्माले विधान निमार्ण भन्ने विषय प्राविधिक मात्र भएको भन्दै वर्तमान नेतृत्वलाई सहमतिको खाका प्रस्तुत गर्न आग्रह गरे ।उनले अहिले संघभित्र तीन जना अध्यक्ष हुदाँ समाजमा मुख देखाउन समेत नसकिने अवस्था रहेको बताउँदै वर्तमान विधानमा न्यूनतम सहमति गरेर निर्वाचनकोे सुनिश्चितता गर्न आग्रह गरे ।उनले संघको निर्वाचनमा मतदाता प्रभावित गर्न ठूलो आर्थिक चलखेल भएको बताउँदै चुनावमा लाइनमा बसेका मतदातालाई खाममा पैसाँ राखेर दिने विकृतिको अन्त्य गर्नु पर्नेमा जोड दिए ।संघको उपाध्यक्ष समेत रहेका शर्माले संस्थाको सदस्यता लिएकै दिन केन्द्रीय नेतृत्वको लागि मतदान गर्न पाउने व्यवस्था गलत भएको बताए ।‘अबको एनआरएनए – हाम्रो भूमिका विषयक’ कार्यक्रममा बोल्ने बक्ताहरुले संघको निर्वाचनमा राजनीतिक दलको हस्तक्षेप बढेको, आर्थिक चलखेल बढेको भन्दै चिन्ता व्यक्त गरेका थिए । संघका केन्द्रीय उपमहासचिव रामशरण सिमखडाले कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा मंचका अन्तराष्ट्रिय समितिका अध्यक्ष भक्त गुरुङ लगायत संघका अध्यक्षत्रय कुल आचार्य, रविना थापा र डा. बद्री केसीले आआफ्नो भनाईहरु राखेका थिए ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #NRNA, #गैरआवासीय नेपाली संघ एनआरएनए तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल