गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ व्यस्त सडक खुलाउन किन हुँदैन पहल ? व्यस्त सडक खुलाउन किन हुँदैन पहल ? दीप संञ्चार भदौ २२, २०७९ गते ७:५१ मा प्रकाशित काठमाडौँ महानगरपालिका (कामपा)ले सार्वजनिक जग्गा र सडक मिचेर बनेका घर धमाधम भत्काउँदै छ। काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) अवैधानिक संरचना हटाउन आफैँ ठाउँठाउँमा पुगेका छन् ।काठमाडौँकै छिमेकी मध्यपुर थिमि नगरपालिकाले त्यस्ता संरचना हटाउन सूचना जारी गरेको छ। यी दुई स्थानीय तहको सीमा तर कामपाको क्षेत्राधिकारमा बनेको एउटा संरचनाका कारण छ लेनको सडक नै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। त्यो खुलाउन जिम्मेवार निकायको ध्यान पनि खासै पुगेको छैन।महानगरको पछिल्लो कदमले नक्सापास नगरी निर्माण गरिएका अस्पतालदेखि अदालतलगायत भवनको वैधानिकतामाथि प्रश्न उठेको छ तर अनधिकृत संरचना हटाउने अभियानमा कोटेश्वर पुगेको महानगरको टोली त्यसैको केही अगाडि सडकबीचको घरलाई नदेखेजसरी फर्किएको छ।कामपा–३२, जडीबुटी चोकमा सडकबीचमा रहेको कच्ची घर माइली खत्रीको हो। छ आना एक पैसा जग्गा र त्यसमा बनेको कच्ची घर अहिले बीच सडकमा पर्छ तर पहिले भने त्यो घर सडकको किनारामा नै थियो। सरकारले त्यसको मुआब्जा पनि पहिले दिएको हो तर जग्गाधनी माइली खत्री बसोबास गर्दै आएका कारण घर भत्काएर सडक विस्तार गरिएन। माइलीको मृत्यु भएको पनि चार वर्ष भयो। उहाँकी छोरी राधा खत्री बोहोराले पुस्तैनी जग्गाको हकदाबी गर्दै पुनः क्षतिपूर्ति माग गरेपछि सडक विस्तार अवरुद्ध छ। जसका कारण कोटेश्वर–जडीबुटी सडक प्रयोग गर्ने हजारौँ सवारीसाधन जामको समस्यामा पर्छन्। यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।क्याटेगोरी : पत्रपत्रिकाट्याग : #बालेन शाह तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट