गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एनआरएनएको सिइओमा रवि किरण अधिकारी नियुक्त एनआरएनएको सिइओमा रवि किरण अधिकारी नियुक्त दीप संञ्चार साउन २०, २०७९ गते १९:५७ मा प्रकाशित गैरआवासीय नेपाली संघ एनआरएनएमा गत वैशाख देखि रिक्त रहेको प्रमुख कार्यकारी निर्देशक (सिइओ) मा रवि किरण अधिकारी नियुक्त भएका छन।गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुल आचार्यका अनुसार संघद्धारा गठित छनोट समितिको सिफारिशको आधारमा अधिकारीलाई संघले शुक्रवार नियुक्ति दिएको हो ।आजैबाट संघको कार्यालय सम्हाल्ने गरि नियुक्ति दिएका छौं आचार्यले भने ।संघका महासचिव गौरीराज जोशीले सिइओ पद लामो समय देखि खालि हुदा काम पेन्डिङमा रहेको र अब अघि बढ्ने बताए ।प्रमुख कार्यकारी निर्देशक (सिइओ) का लागि ४ जना उम्मेदवारले शनिवार अन्तिम अन्तरवार्ता दिएका थिए ।मासिक करिब २ लाख तलव, गाडी र भत्ता सहितको सो आर्कषक पदको लागि रवि कुमार अधिकारी,राजेन्द्र कुमार राउत, अग्नि प्रसाद उपाध्याय (अनिल) र बन्दना शर्मा अन्तरवार्तामा सहभागी भएका थिए । छनोट समितिले अन्तिममा अधिकारी र राउतको नाम सिफारिश गरेको थियो ।सिइओ छनोट समितिमा कार्यसमितिबाट अध्यक्षत्रय कुल आचार्य, रवीना थापा, बद्री केसी, महासचिवद्वय डा. केशव पौडेल, गौरीराज जोशी र उपाध्यक्ष महेश श्रेष्ठ रहेका थिए । यस्तै विज्ञ तथा स्वतन्त्र हैसियतको रुपमा भिम उदास, एकनाथ खतिवडा र अनलराज भट्टराईलाई राखिएको थियो ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल