गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनए पदाधिकारी र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीवीच भेटवार्ता एनआरएनए पदाधिकारी र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीवीच भेटवार्ता दीप संञ्चार साउन ३, २०७९ गते २१:३३ मा प्रकाशित गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा.बद्रि केसिलगायतका पदाधिकारीहरुले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरवहादुर कुँवरसंग उनीको कार्यालयमा गई भेटघाट गरे ।सर्वप्रथम त अध्यक्षहरुले नवनियुक्त मन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गरे । भेटघाटका क्रममा पदाधिकारीहरुले संघले नेपाल सरकार र सरोकारवालाहरुको सहकार्य समन्वयमा वैदेशिक रोजगार तथा सामाजिक सुरक्षाको विषयमा भईरहेका गतिविधि तथा हाल विद्यमान रहेका समस्याहरु बारे ध्यानाकर्षण समेत गराए ।संघले कोभिड–१९ बेला श्रमिकहरुलाई गरेका उद्धार तथा राहत कार्यक्रमहरुका बारेमा उजागर गरे । त्यसै गरि, वैदेशिक रोजगारमा गएका र प्राकृतिक रुपमा ज्यान गुमाउनु परेका श्रमिकको परिवारले २० लाख रुपैयाँ पाईरहेकोमा उक्त बिमाको रकमलाई कम्ति ५० लाख बनाउनको नीति ल्याउन सुझाव दिनुका साथै वैदिशक रोजगारीलाई लक्षित गरेर खडा गरिएको १० अर्वको लगानी बारेमा पनि जानकारी गराए । साथै उनहरुले थाईल्याण्डमा आयोजना हुन लागेको ९ औं एशिया क्षेत्र भेलामा प्रमुख आतिथ्यताको लागि अनुरोध गर्दै निमन्त्रणा पत्र माननीय मन्त्रीलाई दिए ।यसरी नै मन्त्री कुँवरले संघले वैदेशिक रोजगार तथा सामाजिक सुरक्षाको क्षेत्रमा गरेका कार्यहरु प्रति धन्यवाद प्रकट गरे । साथै, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षाको क्षेत्रलाई सुरक्षित मर्यादित र व्यवस्थित गर्नको लागि नेपाल सरकार कटिबद्ध रहेको जानकारी गराए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा संघले वैदेशिक रोजगारको क्षेत्रमा मिलेर काम गर्न सक्ने भएको उदृत गर्दै माननीय मन्त्रीले संघले वैदेशिक रोजगार सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरेमा पूर्ण समय दिने प्रतिबद्धता जाहेर गरे ।सोहि कार्यक्रममा सामाजिक सुरक्षा कोषसंग भएका कामलाई संस्थागत गर्न संघ र सामाजिक सुरक्षा कोष बीच सम्झौता पनि गर्ने निर्णय भयो । अन्यत्यमा उनले एशिया प्रशान्त क्षेत्रको भेलामा आमन्त्रण गरेकोमा धन्यवाद व्यक्त गरे । भेटघाटमा संघका तर्फबाट उपाध्यक्षद्वय आर। के। शर्मा र नरेन्द्र भाट, युरोप क्षेत्रीय संयोजक चिन्ता मणि सापकोटा, युरोप क्षेत्रीय युवा संयोजक रमेश काफ्ले तथा सचिवालयका अधिकृत कुनाल मिश्राको सहभागिता रहेको थियो ।क्याटेगोरी : ग्लोबलट्याग : #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ