गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ डा. बाबुरामलाई भट्टराई माथिको कारबाही अधिनायकवाद – राजाराम शाही डा. बाबुरामलाई भट्टराई माथिको कारबाही अधिनायकवाद – राजाराम शाही दीप संञ्चार असार ३१, २०७९ गते ०:२५ मा प्रकाशित दोहा – नेपाली राजनीतिमा ‘मक्किइसकेका’ दलहरूको विकल्प दिन भन्दै सँगै हिँड्ने फैसला गरेका बाबुराम र उपेन्द्रको बाटो अन्ततः ३९ महिनापछि लगभग अलग भएको छ।जनता समाजवादी पार्टीको उपेन्द्र यादव गुटको वीरगन्जमा बसेको बैठकले एक्लौटी जसपाको विधान संशोधन गरी बाबुराम लगायतका नौ जना नेतालाई कारबाही गरेको निर्णय प्रति जसपा प्रवासका वरिष्ठ उपाध्यक्ष राजाराम शाहीले खेद व्यक्त गरेका छन्।जसपा प्रवासका उपाध्यक्ष राजाराम शाहीले फेसबुक मार्फत चिन्ता व्यक्त गर्दै यस्तो भनेका छन् । केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको अवैधानिक कदम प्रति खेद व्यक्त गर्दछु। “जनता समाजवादी पार्टी” (जसपा) भित्र हालै उत्सर्गमा पुगेर उत्पन्न भएको विवाद एकात्मक वादी विचार यादव पक्षद्वारा गरिएको अधिनायकवादी कदम हो।उपेन्द्र यादव पक्षले डा. बाबुरामलाई भट्टराईलाई पदमुक्त गरेको निर्णय फगत लाज नीतिको पराकाष्ठा भएको मेरो ठम्याई छ । हाम्रो जस्तो सानो पार्टीलाई महिनौँ सम्म केन्द्रीय समितिको बैठक नडाकी अनिर्णयको बन्दी बनाई यादव पक्षले “समावेशी सहभागिता”लाई लत्त्याइ अध्यक्ष उपेन्द्र यादव नातावाद र कृपावादको चङ्गुलमा चुर्लुम्म मात्र डुबेनन् उनको किंकर्तव्यविमूढ निर्णयले जसपा प्रवासका हामी समस्त शुभेच्छुक चिन्तित छौँ। जनता समाजवादी पार्टी”का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई माथि गरिएको भनिएको कुकृत्य निर्णय यथाशीघ्र फिर्ता गरी टेबलबाट निकास निकाल्न पहल गरियोस्।हाल पार्टीभित्रको सिर्जित परिस्थितिमा अविचलित रही विधान संवत् उभिन प्रवासका सबैलाई हार्दिक अनुरोध गर्दछु ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप