गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ दोहामा हुने विश्वकप प्रतियोगताका कारण कतार हवाई सेवामा कटौती,टिकट महँगो पर्ने सम्भावना दोहामा हुने विश्वकप प्रतियोगताका कारण कतार हवाई सेवामा कटौती,टिकट महँगो पर्ने सम्भावना दीप संञ्चार असार २४, २०७९ गते ७:५१ मा प्रकाशित कतार हवाई प्रतिष्ठान (एयरलाइन्स)ले दोहामा हुने विश्वकप भकुण्डो प्रतियोगिताको कारण सेवामा कटौती गरेकोले यात्रीहरुलाई टिकट महँगो पर्ने भएको छ । नेपालीहरुको महान चाड दशैं र तिहारको लागि अग्रिम रुपमा छिट्टै टिकट खरिद गर्दा नेपाली समुदायलाई लाभ हुने जेन ट्राभल्सका संचालकले बताए ।उनले आफ्ना ग्राहक तथा नेपाली समुदायको लागि सूचना समेत प्रकाशित गरेको जनाए ।जेन ट्राभल्सले अमेरिकाबाट नेपाल जाने सीमित संख्यामा मात्रै वायुसेवा उडान भर्ने भएकोले नेपालीहरुको महान चाड चाँडै दशैं र तिहारको लागि टिकट छिट्टै किन्न समेत सिफारिस गरेको छ ।साथै बाहिर उडान गर्न सस्तो मितिहरू आगामी सेप्टेम्बर र अक्टोबरमा पर्ने समेत उनले बताए । काठमाडौंमा सीमित संख्यामा मात्रै वायुसेवा प्रतिष्ठानहरुले उडान भर्ने र चाडपर्वका लागि स्थान(सिट)को ठूलो अभाव हुने भएकोले यस वर्ष भाडा बढ्ने अनुमान गरिएको छ ।कतार हवाई प्रतिष्ठान (एयरलाइन्स)ले अमेरिकाबाट नेपाल सम्म सबैभन्दा बढी यात्रु ओसारपसार गर्छ । नोभेम्बर र डिसेम्बरमा दोहामा हुने विश्वकपका कारण नेपालका लागि सेवामा कटौती गरिएको छ।सामान्यतया काठमाडौंका लागि तय हुने उडानलाई बढी आकर्षक र लाभदायक मार्गमा तोकिएको छ । दोहाबाट काठमाडौ दैनिक ४ उडान गर्नुको सट्टा संख्या घटाएर १ मा झारेको छ । कम उडान भए पछि खरिद दर बढ्ने देखिएको छ ।टिकट खरिद स्वयमले जेन ट्राभल्सबाट सिधै बिधुतिय प्रणालीबाट २४ सै घण्टा टिकट खरिद गर्न सकिने वा २०२ ५५२ १५०८ मा सम्पर्क गर्न सक्नु हुनेछ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, खेलकुदट्याग : #फिफा विश्वकप तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधननेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल