गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ नवविवाहित दुलहीलाई घर लैजान तालिवान कमाण्डरले प्रयोग गरे सैन्य हेलिकोप्टर नवविवाहित दुलहीलाई घर लैजान तालिवान कमाण्डरले प्रयोग गरे सैन्य हेलिकोप्टर दीप संञ्चार असार २१, २०७९ गते १७:२४ मा प्रकाशित एजेन्सी – एक तालिबान कमाण्डरले आफ्नी नवविवाहित दुलहीलाई घर लैजान सैन्य हेलिकप्टर प्रयोग गरेको विवरण सार्वजनिक भएको छ । उनले आफ्नी दुलहीलाई लोगरबाट खोस्ट प्रान्तमा लैजान हेलिकप्टर प्रयोग गरेका थिए ।दुलहीलाई घर लैजान प्रयोग गर्ने तालिबान नेता तालिवानको हक्कानी शाखाको कमाण्डर भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।सामाजिक सञ्जालमा भाइरल भिडियोमा ती कमण्डर दुलहीको घर नजिकै अवतरण गरेका थिए । सञ्चार माध्यममा दाबी गरिए अनुसार छोरी दिए बापत उनले ससुरालाई १ लाख २० हजार अफगानी दाइजो दिएका थिए । एएनआईका अनुसार उनी खोस्टमा बस्छन् र उनकी श्रीमतीको घर लोगरको बर्की बराक जिल्लामा हो ।उक्त घटना शनिबार लोगार प्रान्तको बर्की बराक जिल्लाको शाह मजार क्षेत्रमा भएको जनाइएको छ । यद्यपि, कमाण्डरको बचाउ गर्दै तालिबानका उपप्रवक्ता कारी युसुफ अहमदीले हेलिकोप्टर चढेको आरोपमा सत्यता नभएको बताए । सामाजिक सञ्जालमा भाइरल भिडियोलाई लिएर मानिसहरूले विरोध जनाएका छन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #तालिवान तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल