गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ मिसिगनमा ३ बर्षिय छोराको शव हिमीकरण यंत्रमा फेला परे पछि हत्या गरेको आरोपहरु सहित आमा पक्राउ मिसिगनमा ३ बर्षिय छोराको शव हिमीकरण यंत्रमा फेला परे पछि हत्या गरेको आरोपहरु सहित आमा पक्राउ दीप संञ्चार असार १३, २०७९ गते १९:५६ मा प्रकाशित अमेरिकाको मिसिगन राज्यको डेट्रोइट शहरमा एक ३ बर्षिय छोराको शव हिमीकरण यंत्र(फ्रिजर)मा फेला परे पछि प्रहरीले हत्या गरेको आरोपहरु सहित आमालाई पक्राउ गरेको छ । प्रहरीले उनलाई अभियोग सहित कारागार चलन गरेको छ ।डेट्रोइट प्रहरी विभागले महिलाको छिडी (बेसमेन्ट)मा रहेको हिमीकरण यंत्र(फ्रिजर)मा बालकको कुहिएको शव फेला पारेको जनाएको छ ।३१ वर्षीया महिलालाई प्रथम श्रेणीको हत्या, बाल दुर्व्यवहार र यातना र एक व्यक्तिको मृत्यु लुकाउने अभियोग लगाइएको वेन काउन्टीका अभियोजक किम वर्थीले आइतबार भने।“यस मुद्दामा कथित तथ्यहरूले गम्भीर रूपमा सबैलाई स्तब्ध र चकित पारेको छ,” वर्थीले भने। बन्दुकको हिंसाबाट मात्र होइन उनीहरूसँगै घरमा बस्ने कथित हत्याराबाट पनि हाम्रा बच्चाहरू जोखिममा छन ,उनले थपे ।डेट्रोइटका प्रहरी अधिकारीहरू र बाल सुरक्षा सेवाका सदस्यहरूले गत शुक्रबार बिहान घरमा कल्याणकारी जाँच गर्दा जब उनीहरूले बालकको शव फेला पारे, प्रहरी प्रमुख जेम्स ह्वाइटले भने।बालकको मृत्यु कसरी वा कहिले भयो वा उनको शव हिमीकरण कति समयदेखि थियो भन्ने कुरा तत्काल खुल्न सकेको छैन भनि एबिसीन्यूजले उल्लेख गरेको छ ।प्रहरीका अनुसार पाँच अन्य बच्चाहरू घरमा बस्थे, ह्वाइटले भने। उनीहरूलाई बाल सुरक्षा सेवाको संरक्षणमा राखिएको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिकाट्याग : #आमा पक्राउ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप