गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ ‘चन्द्रमाको धुलो र साङ्ला फिर्ता गर’ ‘चन्द्रमाको धुलो र साङ्ला फिर्ता गर’ दीप संञ्चार असार ११, २०७९ गते १६:५६ मा प्रकाशित एपी -राष्ट्रिय वैमानिक तथा अन्तरिक्ष प्रशासन (नासा)ले आफ्नो स्वामित्वमा रहेको चन्द्रमाको धुलो र साङ्ला फिर्ता मागेको छ । नासको कदमले पाँच लाख डलरमा बिक्री हुन लागेको ४० ग्राम माटो र तीनवटा मरेका साङ्ला बेचिनबाट जोगिएका छन् ।अन्तरिक्ष एजेन्सीले यहाँस्थित आरआर अक्सनलाई सन् १९६९ को अपोलो ११ मिसनमा सङ्कलन गरिएको चन्द्रमाको धुलो र तीनवटा साङ्लाको बिक्री रोक्न तथा तत्काल ती फिर्ता गर्न माग गरेको हो । चन्द्रमाको चट्टानबाट सङ्कलन गरिएको माटोमा स्थलचरमा प्रभाव पर्नेनपर्ने अनुसन्धान गर्न त्यो माटो ती साङ्लालाई ख्वाइएको थियो ।नासाका वकिलले लिलामीकर्ता कम्पनीलाई पत्र लेखेर चालीस मिलिग्राम चन्द्रमाको माटो र तीनवटा मरेका साङ्ला रहेको शिशी सङ्घीय सरकारको स्वामित्वमा रहेको सम्झाउँदै फिर्ता गर्न भनेका छन् । नासाको पत्र पाएपछि आरआर अक्सनले चार लाख डलरमा बेच्ने तयारी गरिएको माटो र साङ्लालाई अक्सनको सूचीबाट हटाएको छ ।लिलामी रोक्न नासाले दुईपटक पत्राचार गर्नुपरेको थियो । अपेलो ११ मिसनले २१।३ किलोग्रामभन्दा बढी चन्द्रमाको चट्टान पृथ्वीमा ल्याएको थियो । उक्त चट्टानलाई धुल्याएर कीरा, माछा,साङ्लालगायत जीवलाई खुवाइएको थियो । चट्टानको धुलो विषाक्त भएनभएको निक्र्योल गर्न तिनलाई त्यो खुवाइएको थियो ।चन्द्रमाका धुलो खुवाइएका साङ्लालाई त्यति बेला नै मिनेसोटा विश्वविद्यालय लगेर कीटविद् मेरियन बुक्सबाट अनुसन्धान गराइएको थियो । चन्द्रमाको माटो विषाक्त नभएको उनले पुष्टि गरेकी थिइन् । पन्ध्र वर्षअघि नै ब्रुक्स यो संसारबाट बिदा भएकी छन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #चन्द्रमा तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै