गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ जनसवाल समाचार प्रभाव : बौद्धनाथ क्षेत्र बिकास समितिका अध्यक्ष लामाको श्रीमती धनिमायालाई मन्त्रालयद्वारा बर्खास्त जनसवाल समाचार प्रभाव : बौद्धनाथ क्षेत्र बिकास समितिका अध्यक्ष लामाको श्रीमती धनिमायालाई मन्त्रालयद्वारा बर्खास्त दीप संञ्चार जेठ ३०, २०७९ गते २३:०० मा प्रकाशित काठमाडौ- संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको बौद्धनाथ क्षेत्र बिकास समितिका पदाधिकारी नियुक्ति र पदको चरम दुरुपयोगको बारेमा जनसवाल रास्ट्रीय दैनिकले पर्दाफास गरेपछि मन्त्रालयले निर्णय बदल्न बाध्य भएको छ ।समितिमा एकै घरका श्रीमान र श्रीमती पदाधिकारी चयन भएपछि चौतर्फी बिरोध भएको थियो । समितिमा एकैघरका अध्यक्ष राजकुमार लामा र श्रीमती धनीमाया तामाङ सदस्य भएका थिए ।नितिगत अनियमितता बारे अख्तीयार दुरुपयोग अनुसन्धान आयोग लगाएतका निकायमा उजुरी परेपछि संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन शुरु गरेका थिए ।सोमबार बसेको मन्त्रीस्तरीय बैठकको निर्णयले सदस्यद्वय धनीमाया तामाङ र कुमार तामाङलाई पदबाट बर्खास्त गर्दै जानुका भण्डारी र श्याम खड्कालाई नया नियुक्ति गरेको छ ।यस अघि कुमार तामाङ सदस्य रहदा बैठकमा सधै फरक मत राख्दै आउने गरेका थिए । तामाङले नै समितिमा भस्ट्राचार भएको भन्दै अख्तियारमा मुद्दा दर्ता गराएका थिए । तामाङले समितिका अध्यक्ष राजकुमार लामाको कार्यशैली ठिक नभएको र आफुले पटक-पटक मन्त्रालयमा उपस्थित नै भएर अध्यक्ष लामाको मातहतमा काम गर्न नसक्ने जानकारी गराएको बताए ।तामाङले मन्त्रालयले समितिका अध्यक्षको श्रीमती धनिमायालाई मात्रै हटाएर नहुने जनाउदै अध्यक्ष नै परिवर्तन गर्नुपर्ने बताए ।अन्यथा स्थानियहरुले आन्दोलनमा उत्रने उनले दावी गरे ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनए अभियन्ता डीबी क्षेत्री माओवादीको केन्द्रीय सदस्यमा मनोनीत,शर्मा एसिया समन्वय…नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षरप्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारीप्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला