Techie IT
×
गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ रुसी गोलाबारीले युक्रेनका ११३ गिर्जाघर ध्वस्त

रुसी गोलाबारीले युक्रेनका ११३ गिर्जाघर ध्वस्त


राष्ट्रपति जेलेन्स्कीले रुसी गोलाबारीले युक्रेनका ११३ गिर्जाघर ध्वस्त भएको बताए ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनसँगको “पूर्ण स्तरको युद्ध” को क्रममा रुसी तोपखानाले ११३ गिर्जाघरलाई “नष्ट” गरेको बताएका छन्।

शनिबार आफ्नो रात्रिकालीन सम्बोधनमा जेलेन्स्कीले भने, “तिनीहरूमध्ये प्राचीनहरू पनि छन् – ती जसले दोस्रो विश्वयुद्धको सामना गरे, तर रूसी कब्जालाई सामना गर्न सकेनन ।”

सन् १९९१ पछि बनाइएका पनि छन् ,उनले भने। जेलेन्स्कीले आफ्नो सम्बोधनमा उल्लेख गर्दै भने “लाभ्रामा पहिलो गोलाबारी होइन,” र “बुधवार रूसी गोलाबारीबाट तीन लाभ्रा भिक्षुको मृत्यु भएको थियो। पूजा सेवाहरू छिडीमा ९बेसमेन्ट०मा आयोजित गर्न बाध्य छन्।”

राष्ट्रपतिका अनुसार लाभ्रामा आउने रूसी तोपखानाको आवाज “निरन्तर” छ।

रूसी सेनाले गिर्जाघरहरू जलाउनबाट रोक्न सक्छ। रूसी सेनाले शहरहरू नष्ट गर्न रोक्न सक्छ। रूसी सेनाले बच्चाहरूलाई मार्ने रोक्न सक्छ। उनले पुटिनको नाम नलिई भने यदि मस्कोमा एउटै व्यक्तिले यस्तो आदेश दिन्छ भने सब रोकिन्छ ।

अझै पनि त्यस्तो आदेश दिने कुनै तथ्य छैन । सारा संसारको लागि अपमान हो, उनले भने।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #युक्रेनमाथि रुसी हमला

तपाईको प्रतिक्रिया दिनुहोस