गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ दक्षिण कोरियामा स्थानीय र संसदीय प्रतिनिधिका लागि मतदान दक्षिण कोरियामा स्थानीय र संसदीय प्रतिनिधिका लागि मतदान दीप संञ्चार जेठ १८, २०७९ गते १९:१९ मा प्रकाशित एजेन्सी- दक्षिण कोरियामा बुधबार मतदान भइरहेको छ । स्थानीय र संसदीय प्रतिनिधि चयनका लागि मतदान भइरहेको हो ।निर्वाचनबाट नगर प्रमुखहरू, गभर्नरहरु र स्थानीय परिषद सदस्यहरू निर्वाचित हुनेछन् भने सात जना सांसद पनि चयन हुनेछन् ।स्थानीय समय अनुसार बिहान ६ बजे सुरु भएको मतदान बेलुका ६ बजेसम्म चल्ने निर्वाचन अधिकारीहरूले जानकारी दिएका छन् ।मतदानका लागि देशभरी १४ हजार ४६५ मतदान केन्द्रहरू तोकिएको पनि राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ ।कोरोना भाइरसको महामारी फैलिइरहेको बेलामा पनि दक्षिण कोरियामा स्थानीय तथा संसदीय प्रतिनिधि चयनका लागि निर्वाचन भइरहेको हो ।कोरोना भाइरसबाट सङ्क्रमित भइ क्वारेन्टाइनमा बसेकाहरूलाई भने बेलुका ६।३० देखि ७।३० सम्म मतदानको व्यवस्था गरिएको छ ।दिउसोमा अन्य मतदाताहरूको भिडभाड हुने भएकाले सङ्क्रमतिलाई छुट्टै समय तय गरिएको अधिकारीहरूले जनाएका छन् ।बुधबारको मतदानबाट १७ नगरका प्रमुख र प्रान्तीय गभर्नरहरु निर्वाचित हुनेछन भने २२६ जना स्थानीय परिषद्का प्रमुखहरू छनौट हुनेछन ।त्यसैगरी नगरपरिषद् सदस्य र प्रान्तीय परिषद् सदस्य ८२४ जना र स्थानीय परिषद् सदस्य दुई हजार ९२७ जना निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ ।दक्षिण कोरियामा स्थानीय र संसदीय प्रतिनिधि चयनका लागि यसअघि गत शुक्रबार र शनिबार पनि मतदान भएको थियो ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #दक्षिण कोरिया तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप