गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ नेपाली जनसम्पर्क समितिको रक्तदान कार्यक्रम सम्पन्न (फोटो फिचर सहित) नेपाली जनसम्पर्क समितिको रक्तदान कार्यक्रम सम्पन्न (फोटो फिचर सहित) दीप संञ्चार भदौ २९, २०७६ गते १४:०७ मा प्रकाशित दोहा, राष्ट्रियता, प्रजातन्त्र र समाजबादका प्रतिपादक तथा नेपाली राजनीतिका शिर्ष पुरुष एवं जननायक विश्वेश्वरप्रसाद कोईरालाको १०६ औं जन्म जयन्तीको अवसर पारेर नेपाली जनसम्पर्क समिति कतारले सदा झै यस पटक पनि रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जीवन दान भन्ने मुल मन्त्रलाई अंगिकार गर्दै समितिले महामानव बिपी कोईरालाको योगदानको उच्च मुल्यांकन तथा सम्मानका साथ कतार स्थित हमाद हस्पिटलसंग सहकार्य गर्दै हमाद हस्पिटलको ब्लड डोनर सेन्टरमा गत शुत्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।नेपाली जनसंपर्क समिती कतारले बिगतका बर्ष देखी गर्दै आएको नियमित रक्त दान कार्यक्रम लाई यसपटक नेपाली कांग्रेसको केन्द्रिय निती अनुसार जन जागरण कार्यक्रम पनि जोडीएको थियो । रक्तदान कार्यक्रममा जनसम्पर्क समितिका अग्रज व्यक्तित्वहरु, समाजका प्रभुत्व व्यक्ति सामाजिक अभियानता हरु, बिभिन्न बैचारिक सस्थाका प्रमुक ज्युहरु, एनआरएनएका अभियान्ता ज्युहरु, सामाजिक संघसंस्थाका प्रमुख ज्युहरु, कतारस्थित गल्फ टाइम्सका प्रतिनिधि एवं नेपाली पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।नेपालमा बिपी जयन्तीमा ब्रिक्षारोपण गर्दै मनाइने चलन छ भने दोहाको बस्तुथिति र कानुनलाई सम्मान गर्दै जनसंपर्कले मानवीय कार्य स्वरुप रक्त दान गर्दै आएको छ । समिती रक्तादान गरेबापत हमाद हस्पिटलबाट विश्व रक्तदान दिवसको दिन सम्मानित हुने पहिलो बैचारिक संस्था पनि हो ।उल्लासमय उपस्थितिका वीच समीतिका प्रमुख सल्लाहकार विमल सुवेदी बाट सुरवात भएको रक्तदानमा ६५ जनाले स्वास्थ्य जाँच गराएका थिए भने ५३ जना रक्तदाताहरुले रक्तदान गर्न सफल भएका थिए । कतार स्थित विभिन्न बैचारी एवं सामाजिक संस्थाका सामाजिक ब्यक्तित्वहरुका साथ मित्र राष्ट्र भारत र श्रीलंका लगाएतका नागरीक समेत स्व स्फूर्त सहभागि रहेकको कार्यक्रममा प्रमुख सल्लाहकार सुवेदीको १२ औं रक्तदान गरी तेस्रो स्थान रहेको थियो भने एनआरएनए आईसिसी कोपेट मेम्बर विनोद भट्टराईले ३९ औं रक्तदान गरी पहिलो अत्यधिक रक्तदाता भएका थिए । त्यस्तै दिप संञ्चार मिडियाका प्रधान सम्पादक दीपजंग शाह र जिपी कोईराला फ़ाउन्डेशन कतारका संयोजक अर्जुन चापागाई दुबैको २६/२६ औं पटक रक्तदान गरी दोस्रो स्थान लिएका थिए भने जन सम्पर्क समितिका पूर्व कार्यसमिति सदस्य शशिधर शर्माले ८ औं पटक रक्तदान गरी चौथो अत्यधिक रक्तदाताका रुपमा प्रसंशा पाएका थिए ।समितिले रक्तदान कार्यक्रम पछि एक प्रेस विज्ञप्ति निकाल्दै सहभागि प्रति आभार व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ, “कार्यक्रमा सहभागी भै रक्तदान गर्नुहुने र कार्यक्रमलाइ सफल बनाउन साथ सहयोग र समर्थन गर्नु हुने सम्पूर्ण लाई जनसम्पर्क समिति कातर परिवार हृदय देखि हार्दिक धन्यवाद दिदै भबिस्यमा पनि जनसंपर्क समितिले मानबिय कार्यलाइ निरन्तर राख्ने जानकारी गराउदै यहाँ हरुको आगामी दिनहरुमा पनि यस्तै साथ समर्थन रहने छ भन्ने पूर्ण बिश्वास गरेका छौ ।” क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप