गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ व्यवसायिक भैंसी पालनमा रमाउदै यादव दाजुभाई व्यवसायिक भैंसी पालनमा रमाउदै यादव दाजुभाई प्रिया स्मृती गजमेर भदौ २६, २०७६ गते २१:४७ मा प्रकाशित दाङ, राजपुर गाउपालिका वडा नम्बर दुई बेलाका नन्दराम यादब र तिलक राम यादबलाई यतिबेला भ्याई नभ्याई छ । झन्डै ५ बर्ष अघि यादब भैसी फर्म दर्ता गराएर ब्यबसायिक रुपमा लागेका यादब दाजुभाई संग साना ठुला गरेर उन्तिस वटा मुर्रा जातका भैसी छन् । जस मध्ये दशवटा दुहुना भैसी रहेका छन् ।दश वटा भैसीबाट दैनिक चालिस लिटर दुध बिक्रि हुने गर्दछ । दैनिक दुध बिक्रिबाट सबै खर्च कटाएर मासिक ३५ हजार बचत हुने गरेको नन्दराम यादबले बताए । दाजु नन्दराम यादबले लमहीमा दुध डेरी पसल संचालन गरेका छन् भने भाई तिलकराम यादब भैसीको स्याहार सुसार गर्ने,घास पानी गर्ने,दुध दोएर डेरी सम्म पुर्याउने गर्दछन । चरन र घासको अभाबले यादब दाजु भाई बिगत छ÷सात बर्ष पहिले लमही नगरपालिका वडा नम्बर ६ को मध्यनगरमा बस्दै आएका छन् । भैसीको घासको लागि बार्षिक दश हजार रुपैया तिरेर दश कट्ठा जग्गा भाडामा लिएर घास रोपेको तिलकराम यादबले बताए ।यादब समुदायको भैसी पाल्ने पुर्ख्यौली पेसा हो । परम्परा देखि पाल्दै आईयो उपलब्धि केहि भएन त्यस पछि केहि गर्न पर्छ भन्ने सोच आएर फर्म दर्ता गरियो र ब्यबसायिक रुपमा काम थालनी गरियो जे होस् अहिले यो पेशा ब्यबसायबाट हामी सन्तुस्टी छौ यादब दाजुभाईले भने । भैसी पालन बाटै भएको आम्दानीले लमहीको मध्यनगरमा ५ कट्ठा ५ धुर जग्गा पनि जोडेका छन् ।उनीहरु संग सुरुमा दुई वटा मात्र भैसी थिए र दैनिक चार लिटर दुध बेलाबाट लिएर लमही आउनु पर्दथ्यो । अहिले उनीहरु यो झन्झटबाट मुक्त भएका छन् । यो ब्यबसायबाट दश जनाको परिवार पालिएको छ । सबै परिवारका सदस्य आ–आफ्नो काममा व्यस्त हुन्छौ नन्दराम यादबले भने । दुख गरे अनुशार दुधको मूल्य भने चित्त बुझ्दो नभएको नन्दरामको गुनासो छ । यादब भैसी फर्म दर्ता गराएको झन्डै ५ बर्ष हुन लाग्यो तर राज्यबाट अनुदान पाउन सकिएको छैन नन्दरामले भने । यो चालु आर्थिक बर्षमा अनुदानको लागि लमही नगर पालिका वडा नम्बर ६ को कार्यालयमा निबेदन दिएको उनले बताए ।अहिले किसानबाट बजारमा ५० देखि ५५ रुपैया प्रतिलिटरमा दुध बिक्रि हुने गरेको छ । भने जति दुधको मूल्य नपाउदा किसान मर्का परेको किसानहरु बताउछन । त्यस्तै मध्यनगरमा तिन कट्ठा जग्गा किनेर भैसी पालन गर्नकै लागि राप्ती पारि बेलाबाट गुमती प्रसाद यादब पनि लमहीको मध्यनगर आएका छन् ।उनीहरुसंग अहिले साना ठूला गरेर २० वटा भैसी रहेका छन् । गुमती प्रसादसंग अहिले ६ वटा दुहुना भैसी छन् । उनीहरुले पनि लमहीमा रहेको एक डेरीमा ३० देखि ३५ लिटर दुध बिक्रि गर्ने गरेको यादबले बताए ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न