गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ गैर आवासीय नेपाली संघ न्युजिल्यान्डको आयोजनामा सगरमाथा दिवस २०२२ मनाउने तयारी गैर आवासीय नेपाली संघ न्युजिल्यान्डको आयोजनामा सगरमाथा दिवस २०२२ मनाउने तयारी दीप संञ्चार जेठ ७, २०७९ गते १९:४५ मा प्रकाशित गैर आवासीय नेपाली संघ न्युजिल्यान्डको आयोजनामा यही मे २८ देखि ३१ तारिख सम्म सगरमाथा दिवस मनाइने भएको छ ।नेपालका तेन्जिंग नोर्गे र न्युजिल्यान्डका एडमण्ड हिलारीले ६९ बर्ष अघि सन् १९५३ मे २९ का दिन सगरमाथा को सफल आरोहण गरी संसारको सर्वोच्च शिखरमा पाइला टेकेर विश्व कीर्तिमान स्थापित गरेको अवसरलाई स्मरण गर्दै उक्त अबसरमा न्युजिल्यान्डमा रहेका सगरमाथा आरोहीहरूको पनि सम्मान गर्ने कार्यक्रम रहेको छ।एडमण्ड हिलारीले सगरमाथा क्षेत्रमा शिक्षा, स्वास्थ्य, पर्यावरण बिषयमा उत्थान गर्ने हेतुले स्थापना गरेको संस्था हिमालयन ट्रस्ट र न्युजिल्यान्डमा रहेका नेपाली संघ संस्थाहरुको यो दिबसको आयोजनामा सहकार्य रहने बताइएको छ।न्युजिल्यान्डमा सन् २०१४ देखि मनाउन सुरुआत गरिएको सगरमाथा दिबस यो बर्ष न्युजिल्यान्डका विभिन्न छ शहरहरु मध्ये इन्भरकारगिलमा २८ मे का दिन, अक्ल्यांड, बे अफ प्लेनटी, हेमिलटन र क्राइस्टचर्चमा २९ मे का दिन र वेलिंगटनमा ३१ मे का दिन सम्पन्न हुँदै छन्।विभिन्न समयमा हिमाल आरोहण गर्ने आरोहिहरुको उपस्थिति हुने यो दिवसमा नेपाल प्रति र हिमाल आरोहणमा चाख राख्ने व्यक्तिहरु तथा न्युजिल्याण्डमा रहने नेपालीहरुको ठुलो संख्यामा सहभागिता हुने अपेक्षा गरिएको छ।कार्यक्रममा सर एडमण्ड हिलारीको हस्ताक्षर भएको पाँच डलर नोट र हिलारी र तेञ्जिङ्ग भएको कलाकृतिको लिलाम बढाबढ गरिने र प्राप्त रकम हिमालयन ट्रस्टलाई हस्तान्तरण गरिने एनआरएनएले जनाएको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #गैर आवासीय नेपाली संघ न्युजिल्यान्ड तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप