गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ कतार सरकारद्वारा नेपाल सरकारलाई अक्सिजन ट्यांकर प्रदान कतार सरकारद्वारा नेपाल सरकारलाई अक्सिजन ट्यांकर प्रदान दीप संञ्चार वैशाख २८, २०७९ गते १६:०२ मा प्रकाशित कतार सरकारले नेपाल सरकारलाई अक्सिजन ट्यांकर प्रदान गरेको छ । अक्सिजनकै लागि कठिनाइको सामना गर्न नपरोस् भनेर कतार सरकारले अक्सिजन उत्पादन गर्ने ट्यांकर उपलब्ध गराएको जनाएको छ । कतार सरकारका तर्फबाट नेपालका लागि कतारी राजदूत युसुफ मोहम्मद अल हैलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेललाई हस्तान्तरण गरे ।अक्सिजन ट्यांकर ७ लाख ४५ हजार कतारी रियाल अर्थात २ करोड ४६ लाख नेपाली रूपैयाँ बराबरको रहेको दूतावासले जनाएको छ ।कतार फण्ड फर डेभलपमेन्टले चीनबाट खरिद गरी नेपाल पठाएको ४० फिट लम्बाइ तथा १३ हजार ५ सय किलो वजनको ट्यांकरको कागजात सचिव पोखरेललाई हस्तान्तरण गर्दै अल हैलले कतार सरकार नेपाल सरकारलाई सबै क्षेत्रमा सहयोग गर्न तत्पर रहेको बताए ।उनले कतार सरकार कोरोना महामारीसँग जुध्न सदैव नेपाल सरकारको साथमा रहको पनि बताए । सो क्रममा मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले कतार सरकारले महामारीसँग जुध्न गरेको सहयोगको लागि धन्यवाद दिए ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, गल्फट्याग : #कतार सरकार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ