गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एनआरएनए कतारका अध्यक्ष मुसलमानलाई ठकुरी सहयोग संञ्जालको बधाई तथा सम्मान एनआरएनए कतारका अध्यक्ष मुसलमानलाई ठकुरी सहयोग संञ्जालको बधाई तथा सम्मान दीप संञ्चार भदौ २३, २०७६ गते १७:०४ मा प्रकाशित ठकुरी सहयोग संञ्जाल कतारले भर्खरै सम्पन्न एनआरएनए एनसीसी कतारको निर्वाचनबाट भारी मतले विजय प्राप्त गरेका नव निर्वाचित अध्यक्ष मोहम्मद मुक्तादा मुसलमानलाई एक कार्यक्रमका बीच सम्मान तथा बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गरेको छ ।त्यस्तै संञ्जालले आईसीसी सदस्यमा विजय प्राप्तगरेका संञ्जालका बरिष्ठ सल्लाहकार कृष्ण बहादुर हमाल उर्फ के बि हमाल र एनसीसी कतारको सदस्य पदमा विजय प्राप्त गरेका संञ्जालकै सदस्य ज्वाला शाहीलाई पनि सोही कार्यक्रममा सम्मान तथा बधाई ज्ञापन गरेको छ ।संञ्जालका अध्यक्ष भरत बहादुर मल्लको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिति तथा एनसीसी अध्यक्षले यस यस प्रकारको विशेष सम्मानले आफूलाई थप उर्जा थपएिको बताउदै भने, ‘संञ्जालसंगको सहकार्य विगत लामो समयदेखि रहदै आएकोले मैले यस सञ्जाललाई मुटुमै सजाएर राखेको छु, गरिब तथा जेहेन्दार विद्यार्थीको लागि सञ्चालनमा रेहेको कलम परियोजनालाई सम्मान गर्दछु र मेरो आर्थिक र भौतिक दुबै सहोगको लागि प्रतिबद्दता गर्दछु ।’ मुसलमानले थपे, ‘एनसीसी कतारले अब सामाजिक एजेण्डालाई व्यापकता दिदैछ र मलाई विश्वास छ यस सञ्जालले पनि हरेक सामाजिक कार्यक्रमा सहकार्य गर्ने छ ।’कार्यक्रममा संञ्जालका अध्यक्ष मल्लले आफ्नो २ वर्षे कार्यकाल पनि भर्खरै शुरुवाता भएको वताउदै सञ्जालको मुल्य, मान्यता तथा भावि योजना लगाएतको कुराहरु जानकारी गराएका थिए । मल्लले अध्यक्ष मुसलमान तथा विजयी टिमलाई बधाई दिदै कतारमा रहेका नेपाली समुदाय वीच परस्पर मितव्ययिता कायम गर्न र हातमा हात लगाएर हरेक समस्यामा एकजुट गराउने प्रयासमा आफू सदा प्रतिबद्द रहेको बताए ।सामाजिक कार्यलाई निकै गहनताका साथ लिएको संञ्जालले आगामि अक्टोबर ४ मा विजया दशमी शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम गर्दै छ । उत्त कार्यक्रमका लागि मुसलमानलाई प्रमुख अथितिको निमन्त्रणा पत्र हस्तान्तरण गर्दै आईसीसी सदस्य तथा सञ्जालका सल्लाहकार के बि हमालले संञ्जाल कुनै जातिय संस्था नभई एकताको प्रतिकका रुपमा लागेको प्रकाश पार्दै आगामी दिनमा सञ्जाल पनि विश्वभर एकसाथ एनआरएनए संग सहकार्य गर्दै जाने बताए ।कार्यक्रमको सहजीकरण गर्दै संञ्जालका सल्लाहकार दीप जंग शाहले संञ्जालको तर्फबाट एनसीसी कतारको लागि ४ जनाको उम्मेदवारी परेको र आफू पराजित भए पनि ५० प्रतिशत सफलताले उत्साहित भएको बताएउदै आगामि दिनमा एनआरएनए र संञ्जाल वीचको सहकार्यमा महत्वपूर्ण पुलको भुमिका निर्वाह गर्ने प्रतिवद्दता व्यक्त गरे । त्यस्तै सञ्जालका सल्लाहकार निर्मल सिंह ठकुरीले आगामि अक्टोबर ४ का तयारी लगभग पूरा भएको जनाउदै नेपालबाट आउने अथिति कलाकारको टिकेट, होटल, भिषा लगाएत सम्पूर्ण काम पूरा भएको जानकारी गराउदै एनआरएन कतारका विजय टीमलाई बधाई तथा सफल कार्यकालको शुभकामना तथा अक्टोबरमा हुने कार्यक्रममा एनआरएनएको नयाँ टीमको तर्फबाट साथ र सहयोगको अपेक्षा व्यक्त गरे । सञ्जालका सदस्य तथा नव निर्वाचित एनसीसी सदस्य ज्वाला शाहीले आफूलाई विजय गराउने ठकुरी तथा गैर ठकुरी सम्पूर्णलाई धन्यवाद दिदै आगामि यात्रा सामाजिक कार्यमा रहने प्रतिवद्दता व्यक्त गर्दै आफू सामाजिक अभियन्ता तथा एकताको पहरेदारका रुपमा सदा उभिने बताए ।साथै पछिल्लो समयमा आफूलाई स्थापित गराउदै लगेका गायक तथा संञ्जालका कलाकार संयोजक ईमान सिंह ठकुरीले कला र समाज नङ र मासुको सम्बन्ध भएको बताउदै अध्यक्ष मुसलमान, आईसीसी सदस्य हमाल, एनसीसी सदस्य शाही लगाए सम्पूण विजयी टिमलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । क्याटेगोरी : गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट