गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ इटालीद्वारा पुटिनसँग जोडिएको सुपरयाट कब्जा इटालीद्वारा पुटिनसँग जोडिएको सुपरयाट कब्जा दीप संञ्चार वैशाख २४, २०७९ गते २१:१८ मा प्रकाशित एजेन्सी-इटालीका अधिकारीहरूले शुक्रबार एउटा विशाल याट जफत गरेका छन् । सो याच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हुनसक्ने अनुमान गरिएको छ । अनुमानित ७०० मिलियन डलर मूल्य पर्ने सेहेराजादे नामको सो याटको स्वामित्वबारे इटालीको वित्तिय प्रहरीले अनुसन्धान गरिरहेको छ ।इटालियन अनुसन्धानले ‘आधिकारिक रूपमा सेहेराजादे र रुसी सरकारका प्रतिष्ठित व्यक्तिहरू बीचको महत्वपूर्ण आर्थिक र व्यापारिक सम्बन्ध स्थापित गर्न मद्दत गरेको’ प्राप्त विवरणहरूमा जनाइएको छ ।‘अनुसन्धान पछि अर्थमन्त्री डेनियल फ्रान्कोले याट जफत गर्ने आदेशमा हस्ताक्षर गरेका छन्’, सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यो पश्चिमी समुद्री तट सहर मासाको मरिना डि काराराको सिपयार्डमा मर्मत कार्यको लागि धेरै महिनादेखि थन्किएको थियो ।तर, उक्त याच पानीमा फर्किएको र शुक्रबार तैरने अवस्थामा रहेको एएफपी फोटोग्राफरले दाबी गरेका थिए । इटाली सरकारले विज्ञप्ति निकाल्नुअघि उनले त्यस्तो दाबी गरेका थिए ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #भ्लादिमिर पुटिन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट