गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ विज्ञहरूको आग्रह- “कोरोना कम भएको मात्रै हो, सकिएको होइन” विज्ञहरूको आग्रह- “कोरोना कम भएको मात्रै हो, सकिएको होइन” दीप संञ्चार वैशाख १६, २०७९ गते २१:२२ मा प्रकाशित एजेन्सी -भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या बढेर फेरि तीन हजारभन्दा बढी हुन थालेको छ ।केही समय अगाडि दैनिक सङ्क्रमितहरूको सङ्ख्या घटेर एक हजारभन्दा कम भएकोमा अहिले फेरि दिन प्रति दिन बढ्दै गएको छ ।दैनिक सङ्क्रमितहरूको सङ्ख्या फेरि बढ्न थालेपछि स्वास्थ्य विज्ञहरूले सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन् ।उनीहरूले भनेका छन्, “अहिले कोरोना भाइरसको सङ्क्रमण फैलिने क्रम कम भएको मात्रै हो, कोरोना भाइरस पूर्ण रुपमा हटेको होइन, त्यसैले लापर्बाही नगर्नु ।”धेरै नागरिकले महामारी अन्त्य भएको झै लापर्बाही गरेको पाइएकाले सबैलाई तत्काल सचेत बनाउनु पर्नेमा पनि विज्ञहरूले जोड दिएका छन् ।एएनआईसँगको अन्तर्वार्ताको क्रममा टाटा इन्स्टीच्युड फर जेनेटिक्स एण्ड सोसाइटी व्याङलोरका निर्देशक डा राकेश मिश्रले कोरोना भाइरसको महामारी फेरि फैलिन सक्ने बताए ।उनले अहिले पनि पहिलेकै जस्तै उच्च सतर्कता अपनाउनु पर्नेमा जोड दिदै लापर्बाही गरिएमा फेरि अर्को ठूलो क्षति भोग्नु पर्ने चेतावनी दिए ।उनले मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, साबुन पानीले हात धुने वा हातमा सेनिटाइजर लगाउने लगायतका कार्य अहिले पनि गर्न सबैको ध्यानाकर्षण गराए ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप