गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ माइक टायसनले विमानभित्रै यात्रुलाई मुक्का प्रहार गरेपछि… माइक टायसनले विमानभित्रै यात्रुलाई मुक्का प्रहार गरेपछि… दीप संञ्चार वैशाख ११, २०७९ गते १०:०१ मा प्रकाशित एजेन्सी-पूर्वहेवीवेट बक्सर माइक टायसनले विमानभित्र एक यात्रुलाई मुक्का हानेका छन् । आफूमाथि पानीको बोतल फालेपछि टायसनले ती यात्रुलाई मुक्का प्रहार गरेको उनका प्रवक्ताले दाबी गरेका छन् ।घटनाबारे विमानमा खिचिएको एउटा भिडियोमा टायसनले एक अज्ञात व्यक्तिलाई बारम्बार मुक्का प्रहार गरेको देखिन्छ । त्यस्तै, आफ्नो सिटमा उनी टाउको झुकाएको पनि देखिन्छन् ।टायसनसँग ‘एक आक्रामक यात्रुसँग विवाद ’ भएको र ती यात्रुले टायसनलाई ‘दुव्र्यवहार’ गरेको बक्सिङ हल अफ फेमरका प्रवक्ताले पुष्टि गरे । प्रहरी परिचालन गरी दुबै जनालाई केही समय नियन्त्रणमा लिइएको थियो । ‘एक घाइते’लाई सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य उपचार गरेको प्राप्त विवरणहरूमा जनाइएको छ ।घटनाबारे विस्तृत विवरण नदिइएको र प्रहरी अनुसन्धानलाई सहयोग नगरेको सान फ्रान्सिस्को प्रहरी विभागका प्रवक्ताले बताएका छन् । थप अनुसन्धान पेन्डिङ गर्दै दुबै जनालाई गरिएको प्रवत्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान खुलाएका छैन् । क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #मुक्का प्रहार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप