नेपाली महिला समाज कतारको “रमाइलो तिज-२०७६” सम्पन्न
दोहा, नेपाली महिला समाज कतारले रमाइलो तिज तथा जनचेतना मूलक अन्तरक्रिया कार्यक्रम शुक्रवार नेपाली दुतावासको सभाहलमा सम्पन्न गरेको छ । ‘नेपाली महिला समाजको चाहना एकता र सहयोगको विशुद्ध सामाजिक भावना’ भन्ने मूल नारा बोकेको समाजले संस्थाकी कार्यवाहक अध्यक्ष अमिना खानको सभापतित्व तथा नेपाली नियोगकी द्वितीय सचिव ऋचा भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको थियो ।
महिला सहभागितालाई मात्र प्रवेश दिईएको कार्यक्रममालाई सम्बोधन गर्दै प्रमुख अतिथि भट्टराईले कार्यक्रम निकै सौहार्द पूर्ण र उल्लासमय वातावरणमा सम्पन्न भएकोमा खुसि व्यक्त गर्दै कतारमा रहेका हरेक नेपाली महिलाहरूको पिडामा सहयोग गर्न नेपाल सरकार र नियोग सधैँ तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेकी थिइन ।
कार्यक्रममा नियोगकै द्वितीय सचिव जिना भट्टराई, तृतीय सचिव मनीषा अर्याल, एनआरएन कतार कि महिला उपाध्यक्ष सरिता पौडेल भण्डारी लगायत अमृता अधिकारी, सम्झना भण्डारी, जानुका जोशी, सुषमा कोइराला थापा, माया केसी, सरिता गुरुङ , मञ्जु खनाल, पुष्पा हमाल, रेनुका कार्की, गोमा मगर र विशेष सहयोगी संस्था प्रतिनिधि लगायतका व्यक्तित्वहरूको विशेष आतिथ्यता रहेको थियो । साथै सञ्चारकर्मी लगायत सामाजिक अभियान्ताहरु सङ्घ संस्था प्रतिनिधि सहित महिलाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
विधिवत समुद्घाटन गरिएको कार्यक्रममा द्वितीय उपाध्यक्ष जानुका बस्नेत खड्काले स्वागत मन्तव्य र कार्यक्रमको उद्देश्यको बारेमा प्रस्ट पारेकी थिइन । एनआरएन कतारकी महिला उपाध्यक्ष सरिता पौडेल भण्डारी, सामाजिक अभियान्ता माया केसी र रेनु कार्कीले सचेतना सम्बन्धी आफ्ना सन्देशमूलक विचार राखेका थिए । उनीहरूले महिलाहरू एकजुट हुनु पर्नेमा जोड दिँदै प्रवासमा फुर्सदको समयलाई सामाजिक क्षेत्रमा लगाउन आग्रह गरे । कसैको बहकाऊ र चिल्ला कुरामा नहिँड्न आग्रह गर्दै जानेको ज्ञान सिप सबैसँग बाँड्न आग्रह गर्दै खानपान र स्वास्थ्यमा विशेष ध्यान दिन सुझाव दिएका थिए । कसैको दवाबमा नबस्न आग्रह गर्दै अधिकार र समृद्धि महिलाका पनि कर्तव्य र अधिकार भित्र पर्ने भन्दै कर्तव्य बोध गरेर जिम्मेवार नागरिक बन्न पनि आग्रह गरेका थिए ।
कार्यक्रममा सन्ध्या अर्याल (कलाकार संयोजक) सहित दीपिका विश्वकर्मा, गङ्गा बस्नेत, टिका लवार, तारा सोनी, दीपा वली, चित्रा खत्री, सुचि शाक्य, मरिता परियार, जिना मगर, सविया खातुन, सविता, सृजना, मुना गिरी, लक्ष्मी गिरी, गुणा मगर, रितु काली, ललिता लिम्बु लगायतका कलाकारहरूले साङ्गीतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।
म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना), बाँके सेवा समाज, अन्तर्राष्ट्रिय रोल्पाली समाज धानुक सेवा समाज कतार सह-आयोजक रहेको उक्त कार्यक्रमलाई समाजकी महासचिव अम्बिका खत्रीले सञ्चालन गरेकी थिइन । कार्यक्रमको सम्पान गर्दै सभापति खानले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद प्रदान गरेकी थिइन ।
क्याटेगोरी : गल्फ
ट्याग : #breaking
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस