गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ आचारसंहितामा एमालेले किन राख्यो विमति ? आचारसंहितामा एमालेले किन राख्यो विमति ? दीप संञ्चार चैत्र २५, २०७८ गते ९:०८ मा प्रकाशित काठमाडौं – प्रमुख विपक्षी एमालेले संविधान र कानुनसँग बाझिने विषय निर्वाचन आचारसंहितामा राखेको भन्दै ६ बुँदे लिखित विमति राखेको छ। पार्टी महासचिव शंकर पोखरेललगायत नेताले बिहीबार निर्वाचन आयोगमा प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई विमतिपत्र बुझाएका हुन्।एमालेले आचारसंहिताका केही प्रावधानले लोकतन्त्रले दिएको स्वतन्त्रताको अधिकारलाई कुण्ठित गरेको दाबी गरेको छ। ‘यस आयोगले तयार गरेको आचारसंहिता संविधान र कानुनसँग बाझिएको बाहेक कुनै पनि निकायद्वारा जारी गरिएका वा जारी हुने संहिताको पालना गर्न, गराउनसमेत हाम्रो पार्टी प्रतिबद्ध छ,’ एमालेले पत्रमा भनेको छ।निर्वाचनलाई प्रभाव पार्ने गरी कसैको पक्ष वा विपक्षमा विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न नपाइने भन्ने आचारसंहिताको नियमप्रति एमालेले विमति राखेको छ। ‘यो प्रावधानले राजनीतिक दललाई विचार अभिव्यक्ति गर्न, आफ्नो दलको पक्षमा मत माग्न र उम्मेदवार स्वयंलाई प्रचार गर्न निषेध गरेको देखिन्छ’, एमालेले आयोगमा पेस गरेको विमतिपत्रमा भनेको छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।क्याटेगोरी : पत्रपत्रिकाट्याग : #एमाले तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल