गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनएका कार्यकारी अध्यक्ष आचार्यले गरे मुख्य सचिव वैरागीसंग भेट, संघलाई अवश्यक सहयोगको आग्रह एनआरएनएका कार्यकारी अध्यक्ष आचार्यले गरे मुख्य सचिव वैरागीसंग भेट, संघलाई अवश्यक सहयोगको आग्रह दीप संञ्चार चैत्र २३, २०७८ गते ८:४९ मा प्रकाशित काठमाडौं- गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले नेपाल सरकारको मुख्य सचिव शंकरदास वैरागी संग भेट गर्नु भयो । उहांले संघको १०औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन सफलता पूर्वक सम्पन्न भएको जानकारी गराउंदै हाल सम्म संघले गरेका र भविष्यमा गरिने मुख्य गतिविधिहरु बारे जानकारी गराउनु भयो ।साथै उहांले हालै सम्पन्न भएको १०औं गैरआवासीय नेपाली विश्व सम्मेलनबाट आएका निम्न निष्कर्ष तथा योजनाहरुको कार्यान्वयनमा सहयोग र समन्वय गरिदिन हुन अनुरोध गर्नु भयो ।१. १०० कोठाको आधुनिक सुविधा सम्पन्न वृद्धआश्रम निर्माणको लागि आवश्यक जग्गा उपलब्ध गराईदिने सम्बन्धमा ।२. वैदेशिक रोजगार सामाजिक सुरक्षा कार्यक्रम संचालनमा ल्याउनकालागि पहल गरिदिने सम्बन्धमा३. नेपालको संविधान २०७२ मा व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकतालाई छुट्टै विधयेक बनाएर यथासक्दो छिटो पारित गर्ने सम्बन्धमा ।४ कम्तिमा १० अर्बको एन। आर। एन। नेपाल डेभलपमेन्ट फण्ड सम्बन्धि भएका कानुनी बाधा अड्चनलाई फुकाउनका लागि सहजीकरण गरिदिने सम्बन्धमा ।५. वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण सटहीमा प्रति डलर २ पैसा संघको वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्न सहजीकरण गरिदिने सम्बन्धमा ।संघले राखेका यी महत्वपूर्ण विषयहरुमा मुख्य सचिव सकारात्मक हुनु भएको र यस विषयहरुलाई सम्बन्धित निकाय संग सहजीकरण गरिदिने प्रतिबद्धता व्यक्त गर्नु भयो । साथै उहांले आधुनिक सुविधा सम्पन्न बृद्धाश्रम निर्माण गर्न थालेको प्रति प्रशंसा गर्दै यस पुनित कार्यको लागि नेपाल सरकारको सहयोग रहने जानकारी गराउनु भयो । यस भेटघाटमा एन.आर.एन. नेपाल डेभलपमेण्ट फण्डका प्रमुख कार्यकारी अधिकृत अनल राज भट्टराईको उपस्थिति रहेको थियो ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा…एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै