गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ विद्युतीकरणमा करोडौंको भ्रष्टाचार विद्युतीकरणमा करोडौंको भ्रष्टाचार दीप संञ्चार चैत्र १८, २०७८ गते ७:१७ मा प्रकाशित रामेछाप -अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्षसहित २७ जनाविरुद्ध विद्युतीकरण गर्दा भ्रष्टाचार गरेको दाबीसहित विशेष अदालत काठमाडौंमा बिहीबार मुद्दा दर्ता गरेको छ। गाउँपालिकामा विद्युतीकरण गर्ने क्रममा सामानको मूल्यमा घोटाला गरेको, चाहिनेभन्दा बढी सामानको बिल बनाएर भ्रष्टाचार गरेको भन्दै गाउँपालिकाका अध्यक्षसहित विभिन्न वडाका विद्युत् उपभोक्ता समितिका पदाधिकारीविरुद्ध छुट्टाछुट्टै बिगो माग दाबी गर्दै मुद्दा दर्ता गरिएको हो।गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काविरुद्ध ४ करोड २१ लाख रूपैयाँ बिगो असुल उपर हुनुपर्ने माग दाबी लिइएको छ। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद न्यौपानेविरुद्ध १ करोड १२ लाख ८२ हजार र तत्कालीन लेखापाल दुर्गाबहादुर डिम्दोङ तामाङविरुद्ध १ करोड २६ लाख ७५ हजार रूपैयाँ बिगो माग दाबी गर्दै अख्तियारले मुद्दा दर्ता गरेको छ।गाउँपालिकाका विभिन्न वडाका विद्युत् उपभोक्ता समितिका अध्यक्ष, पदाधिकारीसमेत २७ जनाउपर गैरकानुनी लाभ लिएर सरकारी सम्पत्तिमा हानि पुर्याई भ्रष्टाचार गरेको भन्दै अख्तियारले आरोपपत्र दर्ता गरेको हो।लिखु तामाकोसी–५ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष बेतबहादुर पुँवार, कोषाध्यक्ष ममिता श्रेष्ठ र सचिव सुब्बा थापा मगरविरुद्ध संयुक्तरूपमा ३५ लाख २ हजार रूपैयाँ माग दाबी लिइएको छ। त्यसैगरी, लिखु–५ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष सुनबहादुर तामाङ, कोषाध्यक्ष करिष्मा परियार र सचिव दलबहादुर तामाङविरुद्ध ३७ लाख ८६ हजार रूपैयाँ माग दाबी लिइएको छ।लिखु–४ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष होमबहादुर महत, कोषाध्यक्ष अनीता श्रेष्ठ र सचिव डिल्लीबहादुर सुनुवारविरुद्ध संयुक्त रूपमा ४२ लाख ५३ हजार रूपैयाँ अख्तियारको माग दाबी छ। यो समाचार नागरिक दैनिकमा छ ।क्याटेगोरी : पत्रपत्रिकाट्याग : #अख्तियार दुरूपयोग अनुसन्धान आयोग तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल