गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ गलेनन् जेलेन्स्की, रुसविरुद्ध गरे थप युद्धको घोषणा गलेनन् जेलेन्स्की, रुसविरुद्ध गरे थप युद्धको घोषणा दीप संञ्चार चैत्र १७, २०७८ गते १३:१३ मा प्रकाशित एजेन्सी -युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वीयुक्रेनमा थप लडाइँका लागि आफ्नो सेना तयार रहेको रुसलाई चेतावनी दिएका छन् । रुसले युक्रेनविरुद्धको लडाइ कम गर्ने बताइरहेका बेला राष्ट्रपति जेलेन्स्कीको उक्त भनाइ आएको हो ।‘हामीलाई कसैसँग विश्वास छैन । एउटा सुन्दर वाक्यांशमा पनि विश्वास छैन’, एउटा भिडियो सम्बोधनमा उनले भने । रुसी सेनाहरू पूर्वी दोनबास क्षेत्रमा आक्रमण गर्न पुनः संगठित भइरहेका उनले बताए ।‘हामी केही पनि दिनेछैनौँ । हामी हाम्रो क्षेत्रको प्रत्येक मिटरको लागि लड्नेछौं’, उनले थपे । मंगलबार इस्तानबुलमा भएको शान्ति वार्तापछि एक रुसी वार्ताकारले मस्कोले राजधानी किभ र उत्तरी सहर चेर्निगिभ वरपर भएका आक्रमण कटौती गर्ने बताएका थिए । तर, पनि रुसी सेनाले निरन्तर गोलाबारी गरेको थियो ।यसैबीच, रुसी सेना किभको उत्तरमा रहेको प्रयोगिबिहीन चेर्नोबिल आणविक उर्जा भट्टीबाट बाहिर निस्कन थालेको अमेरिकी सैन्य अधिकारीहरूले बताएका छन् । ‘हामीलाई लाग्छ कि उनीहरू त्यहाँबाट जाँदैछन् । तर, तिनीहरू सबै त्यहाँबाट गइसकेका छन भन्न सक्दिन’, एक अमेरिकी अधिकारीको भनाई उदृत गर्दै एएफपीले लेखेको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #युक्रेनमाथि रुसी हमला तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ