गृहपृष्ठ ∕ ग्लोबल ∕ घलेले गराएको कथित निर्वाचनलाई संघका अधिकांश सदस्य तथा अभियन्ताहरुले गरे बहिष्कार, परराष्ट्र मन्त्रालयले मान्यता नदिने घलेले गराएको कथित निर्वाचनलाई संघका अधिकांश सदस्य तथा अभियन्ताहरुले गरे बहिष्कार, परराष्ट्र मन्त्रालयले मान्यता नदिने दीप संञ्चार चैत्र १०, २०७८ गते १२:३३ मा प्रकाशित काठमाडौँ -गैरआवासीय नेपाली संघका पुर्व अध्यक्ष शेष घलेले संस्था फुटाउने उद्देश्यले गराएको कथित निर्वाचनलाई संघका अधिकांश सदस्य तथा अभियन्ताहरु (९९ ५) ले बहिष्कार गरेका छन् ।बुधबार दिन भरी सहमति गर्न प्रयास गर्दा पनि घले दम्पति सहमतिमा नआए पछि संघका बहुसंख्यक राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले आफुले प्रमुख संरक्षक घलेलाई दिएको म्यान्डेट फिर्ता लिएको घोषणा गरेका थिए। त्यस्तै बुधबार नै प्रमुख निर्वाचन अधिकृत विश्व बराल सहित निर्वाचन समितिका अधिकंश सदस्यहरुले आफ्नो पदबाट राजिनामा दिएका थिए। तर घलेले निर्वाचन समिति नै पुनर्गठन गरिएको भन्दै निर्वाचन कार्यक्रम अगाडी बढाएका थिए।बुधबार राती घोषणा गरिएको नयाँ कार्य समितिमा २०१९-२१ कार्यकालका लागि एसिया प्रशान्त क्षेत्रको उप क्षेत्रीय संयोजकमा पराजित बिनोद कुंवरलाई अध्यक्ष घोषणा गरिएको छ।कुंवर दक्षिण कोरियामा बसोबास गर्ने व्यवसायी हुन्। महाधिवेशन आयोजक समितिका संयोजक पनि रहेका उपाध्यक्ष सोनाम लामाले अध्यक्ष पदमा उम्मेदवारी दिन अस्वीकार गरे पछि कुंवरलाई अगाडी सारिएको थियो।त्यस्तै नयाँ कमिटिमा उमेश पुडासैनी (कुवेत), बाबु राम लामा (अमेरिका), सुरेन्द्र सिग्देल (अष्ट्रेलिया), भोमा लिम्बु (अष्ट्रेलिया) उपाध्यक्ष चुनिएका छन्। यसै गरी महासचिवमा जानकी गुरुङ (बेल्जियम), सचिव जुनु गुरुङ (कोरिया), कोषाध्यक्ष डिला खरेल (अष्ट्रेलिया) निर्वाचित भएको घोषणा गरिएको थियो। क्षेत्रीय संयोजकहरुमा केशव कंडेल (ओसनिया), कृष्ण पोखरेल (अमेरिकाज) तथा उल्का घिमिरे (युरोप) रहेका छन् । ३,६०० प्रतिनिधिहरु रहेको भनिएको अधिवेशनमा १३२ भन्दा कम सहभागी रहेको अधिवेशनले गराएको भनिएको निर्वाचनलाई परराष्ट्र मन्त्रालयले मान्यता नदिने परराष्ट्र स्रोतले बताएको छ ।क्याटेगोरी : ग्लोबलट्याग : #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल