गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ निर्वाचनमा टिकट बाँड्न संसदीय ‘बोर्ड’ बनाउँदै कांग्रेस निर्वाचनमा टिकट बाँड्न संसदीय ‘बोर्ड’ बनाउँदै कांग्रेस दीप संञ्चार चैत्र १०, २०७८ गते ७:२२ मा प्रकाशित काठमाडौँ – नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका उम्मेदवार छान्न संसदीय बोर्ड बनाउँदै छ ।कांग्रेसले १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र, ७७ जिल्ला, ७ प्रदेश र केन्द्रमा गरी यी तहमा विधानको व्यवस्थाअनुसार नै संसदीय समिति बनाउने तयारी गरेको हो । कांग्रेस विधानले निर्वाचनका लागि उम्मेदवार छान्न सबैभन्दा शक्तिशाली संरचना संसदीय समितिको परिकल्पना गरेको छ । यी विभिन्न तहमा गठन हुने समितिले तहगत रूपमा निर्वाचनका लागि उम्मेदवार छान्ने अधिकार राख्छन् ।यी सबै तहमा १५ चैतभित्रै संसदीय समिति बनाउन पार्टीका सम्बन्धित तहलाई निर्देशन गरिएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार उनी र अर्का महामन्त्री गगन थापाले संसदीय समिति बनाउन भन्दै केन्द्रबाट हस्ताक्षर गरी पत्र नै पठाएका छन् ।कांग्रेस विधानको धारा ३३ मा संसदीय समितिको गठन’bout उल्लेख छ । सो धाराको (१) मा कुनै पनि तहको प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ता हुने मितिभन्दा एक महिनापूर्व उम्मेदवारको अन्तिम निर्णय गरिसक्नुपर्ने उल्लेख छ । ती समितिले निर्वाचनका लागि उम्मेदवारी दर्ता हुनु एक महिना पूर्वअन्तिम निर्णय गरिसक्नुपर्ने विधानमा भनिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।क्याटेगोरी : पत्रपत्रिकाट्याग : #नेपाली कांग्रेस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै