गृहपृष्ठ ∕ ग्लोबल ∕ अन्तत एनआरएनएमा सहमति, आचार्य र केसी दुबै अध्यक्ष, एकताको संयुक्त महाधिवेशन गरिने अन्तत एनआरएनएमा सहमति, आचार्य र केसी दुबै अध्यक्ष, एकताको संयुक्त महाधिवेशन गरिने दीप संञ्चार चैत्र ८, २०७८ गते ९:३३ मा प्रकाशित काठमाडौं – गैर आवाशीय नेपाली संघ एनआरएनएको बिगत छ महिनादेखिको विवाद अन्त्य भएको छ ।अध्यक्षका दुई प्रत्यासी आचार्य र केसिलाई समान हैशियतका अध्यक्षहरु बनाउनेगरि सहमति भएको छ । कुल आचार्य र बद्रि केसीलाई दुई अध्यक्ष बनाउने र बाँकी उपाध्यक्ष, महासचिव, सचिवलगायतका प्रमुख पद थप्नेगरि मंगलवार राती सहमति भएको हो ।विवादलाई मिलाउन शुरुदेखि नै मध्यस्थकर्ताको भूमिका खेल्दै आएका एनआरएनए अध्यक्ष कुमार पन्त,कोषाध्यक्ष महेश श्रेष्ठ,सल्लाहकार सोम सापकोटा,मानार्थ सदस्य शनि ओली,एनआरएनए यूएसएका सल्लाहकार बेद खरेललगाएतको मेहनतले सहमती भएको हो । अब सँस्थामा एक कार्यकाल समान हैशियतका दुई अध्यक्ष हुने छन् । अन्य महत्वपूर्ण पद थपेर मिलाउने र एकताको महाधिवेशन गर्ने सहमतिमा हस्ताक्षर गरिएको छ ।सोमबार राती सहमति भएलगत्तै कुल आचार्य, बद्रि केसी र एनआरएनए अध्यक्ष कुमार पन्तले एनआरएनए सचिवालयमा मंगलवार विहान आठ बजे सामुहिक पत्रकार सम्मेलन गर्दैछन ।एनआरएनएको एकता गराउन अन्तिम अवस्थामा निकै मेहनत गरेका श्रेष्ठले अब सँस्था एक हुने भएकोमा खुशि लागेको बताए । धेरै दुख गरे,धेरै साथिहरुको गाली पनि खाए तर पनि सँस्था बचाउने प्रमुख भूमिकामा रहन पाउँदा खुशि लागेको छ कोषाध्यक्ष श्रेष्ठले बताए । उनले अब सँस्थामा कहिलै यस्तो विवाद आउन नदीन सबै अभियन्तालाई अनुरोध गरे ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल