Techie IT
×
गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनएको विवाद सल्टियो, दुई अध्यक्ष हुने सहमति

एनआरएनएको विवाद सल्टियो, दुई अध्यक्ष हुने सहमति


काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद सल्टिएको छ। दुईजना अध्यक्ष हुने सहमति भएपछि फुटको संघारमा पुगेको विवाद तत्काललाई सल्टिएको हो।

कुल आचार्य र डा. बद्री केसीले पालैपालो अध्यक्ष हुने सहमति भएको छ। पहिलो कार्यकाल कुल आचार्य र दोस्रो कार्यकाल डा. बद्री केसीले नेतृत्व गर्ने सहमति भएको छ। यो विवाद मिलाउन नेपाली कांग्रेसका केही नेताहरुले मध्यस्थता गरेका थिए।

एनआरएनएको विवाद अदालतसम्म पुगेपछि सहमतिको वातावरण तयार पार्न कांग्रेस नेताहरूले पहल गरेका थिए। कांग्रेस नेताहरूको पहलमा भएको छलफलमा आचार्य र केसी एक–एक वर्ष अध्यक्ष बन्ने सहमति जुटेको हो।


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #hot, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस