गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ रुसी हमलाको अन्तरिक्षमा छैन असर रुसी हमलाको अन्तरिक्षमा छैन असर दीप संञ्चार चैत्र ६, २०७८ गते ८:५७ मा प्रकाशित एजेन्सी- युक्रेन संकटलाई लिएर सुरुदेखि नै अमेरिका विवादमा तानिएको छ । युक्रेनमा २४ फेब्रुवरीमा रुसले हमला गरेदेखि नै अमेरिका र उसको नेतृत्वको पश्चिमा गठबन्धनले रुसको चर्को विरोध गर्दै आएको छ । रुसविरुद्ध लड्न अमेरिकाले युक्रेनलाई सैन्य हतियारलगायका सहयोग प्रदान गर्दै आएको छ ।त्यस्तै, युक्रेन हमला रोक्न बारम्बार चेतावनी दिँदै सोही बहानमा रुसमाथि विभिन्न प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले त रुसी समकक्षीलाई ‘युद्धअपराधी’ भनेर व्यक्तिगत रुपमै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गरेका छन् ।निश्चय नै युक्रेन हमलालाई लिएर पृथ्वीमा अमेरिका र रुसबीच तनाव छ । तर, अन्तरिक्षमा भने यी देशबीचको दोस्ती उत्तिकै छ जति पहिला थियो । अर्थात युक्रेन तनाबले अमेरिका र रुसी अन्तरिक्षयात्रीलाई खासै असर गरेको छैन् । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन ९आइएसएस० मा उनीहरु निकट भएर काम गरिरहेका छन् ।रुस र अमेरिकाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको नजिकको सीमामा सँगै काम गरिरहेका छन् । तीन रुसी अन्तरिक्ष यात्रीहरू – कमाण्डर ओलेग आर्र्तेमेभ, डेनिस मातभिभ र सर्गेई कोर्साकोभ साढे छ महिनाको मिसनमा शुक्रबार सुरक्षित रूपमा उत्रिएको छ ।आइएसएसमा अमेरिका, रुस र अन्य देशहरुबीच २३ वर्षदेखि सहकार्य हुँदै आएको छ । तीनै जना रुसी अन्तरिक्षलाई कारिन्दाको एउटा समूहले भव्य स्वागत गरेको थियो । समूहमा चार जना अमेरिकी, दुई रुसी र एक जर्मनीका छन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #युक्रेनमाथि रुसी हमला तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप