परराष्ट्र मन्त्रालयले एनआरएनएको बर्तमान नेतृत्वसँग सहकार्य नगर्ने,परराष्ट्रमन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन गरिएको झुट्ठा प्रचार, किर्तेमा क-कस्को संलग्नता ?
गैरआवासीय नेपाली संघ (एनआरएनए)को इतिहास मै पहिलो पटक परराष्ट्र मन्त्रालय विरुद्ध मुद्दा दायर गरेका संघका कामचलाउ अध्यक्ष कुमार पन्त र बर्तमान नेतृत्वसंग मन्त्रालयले सहकार्य नगर्ने जनाएको छ।
‘परराष्ट्र मन्त्रालय विरुद्ध अदालतमा मुद्दा हाल्ने बर्तमान कार्यसमिती संग हामीले कसरी सहकार्य गर्न सक्छौंरु मन्त्रालयले त यो कार्यसमिती खारेज गरिसकेको छ नी मन्त्रालयका एक उच्च अधिकारीले प्रश्न गरे। ‘उनले बर्तमान कार्यसमिती र अध्यक्ष पन्तले मुद्दा फिर्ता लिएर माफी मागेमा मात्र त्यस बारे केहि सोच्न सकिने ती पदाधिकारीले बताए ।‘
मन्त्रालयले महाधिवेशन गराउन संरक्षक परिषदलाई जिम्मा दिए पछि पन्त उच्च अदालत पाटन पुगेका थिए। उक्त मुद्दा उपर अन्तिम फैसला हुन भने बाकी छ। उक्त मुद्दाको आज पुनरावेदन अदालत पाटनमा बहस हुदैछ । यसै बीच संघका अध्यक्ष कुमार पन्त,उपाध्यक्ष बद्री केसी,महासचिव हेम राज शर्मालगाएतको मिलेमतोमा संघको १० औं विश्व सम्मेलन तथा महाधिवेशनको लागि परराष्ट्रमन्त्री नारायण खड्काको अध्यक्षतामा एक आयोजक समिति गठन गरिएको झुट्ठा प्रचार गराएका छन् । अघिल्ला अघिल्ला अधिवेसनको पत्रलाई किर्ते गरि परराष्ट्र मन्त्रालयको बदनाम गरिएको एक एनआरएनए पदाधिकारीले नै बताए ।
परराष्ट्र मन्त्रालय स्रोतले त्यस्तो कुनै समिति गठन नगरिएको जनाउदै तेस्ता किर्ते कागजातको छानविन गरि कारवाही अगाडी बढाईने जनायो । सँस्था नै दर्ता रहेको नियमनकारी निकाय परराष्ट्र मन्त्रालयको निर्णय विरुद्ध नै परराष्ट्र मन्त्रालय यहाँका जिम्मेवार पदाधिकारी बिरुद्द अदालतमा मुद्दा हाल्ने बर्तमान कार्यसमिती संग मन्त्रालयले सहकार्य नगर्ने मन्त्रालय स्रोतले दावी गर्यो । स्रोतले भन्यो बर्तमान कार्यसमिती त परराष्ट्र मन्त्रालयले खारेज गरिसकेको छ ।
क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #NRNA
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस