गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ भिजिट भिसामा कडाइ, के–के छ नयाँ व्यवस्था ? भिजिट भिसामा कडाइ, के–के छ नयाँ व्यवस्था ? दीप संञ्चार फागुन २८, २०७८ गते ८:३० मा प्रकाशित काठमाडौँ-गृह मन्त्रालयले भ्रमण भिसा र सोबाट सिर्जित समस्या समाधानका लागि अध्यागमन विभागलाई १८ बुँदे निर्देशन दिएको छ।भ्रमण भिसामा गएर उतै बस्ने तथा त्यस्ता व्यक्ति विभिन्न समस्यामा पर्ने गरेका घटना सार्वजनिक भएपछि सरकारले भ्रमणमा जाने व्यक्तिको हकमा केही कडाइ गरेको हो ।भ्रमण भिसा र त्यसबाट सिर्जित समस्या समाधानका उपाय सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलले गएको हप्ता गृह मन्त्रालयलाई पेस गरेको अध्ययन प्रतिवेदनमा भ्रमण भिसामा जान दस लाख रुपियाँ आय देखाउनुपर्ने उल्लेख थियो तर गृह मन्त्रालयले तत्कालका लागि पाँच लाख रुपियाँ देखाए पुग्ने व्यवस्था गरेको छ ।विभागलाई लेखेको पत्रमा खाडी मुलुकभन्दा बाहिर जाँदा कम्तीमा एक पटक र खाडी मुलुकको हकमा दुई पटक विदेश यात्राको अभिलेख भएका व्यक्ति, न्यूनतम माध्यमिक तहको शिक्षा वा सो सरहको प्राविधिक तथा व्यावसायिक सीप भई आधिकारिक निकायबाट प्रमाणित भएका वा उच्च शिक्षा हासिल भएका व्यक्तिको हकमा भ्रमण भिसाका लागि आवश्यक व्यवस्था गर्न भनिएको छ।नयाँ व्यवस्थाअनुसार वार्षिक न्यूनतम पाँच लाख रुपियाँ करयोग्य आम्दानी भई कम्तीमा सोको आधा रकम बैक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आबद्ध भएका व्यक्ति भ्रमण भिसामा जान पाउने छन् । यस्तै न्यूनतम कक्षा १२ को औपचारिक शिक्षा हासिल गरेका व्यक्ति भ्रमण भिसामा यात्रा गर्न पाउने छन् । अङ्ग्रेजी र गन्तव्य मुलुकमा बोलिने अन्तर्राष्ट्रिय भाषामा दखल भएको व्यक्ति पनि जान पाउने छन् ।बिरामी कुरुवा वा बिरामीको रेखदेखमा जाने तीन पुस्ताभित्रका सदस्य वा सो मापदण्डमा नपर्ने व्यक्तिको हकमा भने अध्यागमन विभागबाट स्वीकृति लिएर मात्रै भिसा वा हवाई टिकटको प्रक्रिया सुरु गर्ने गरी सूचित गर्न विभागलाई गृह मन्त्रालयले भनेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।क्याटेगोरी : पत्रपत्रिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न