गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ रुसी योजना तोड्यौ, सरकार डगमगाएको छैनः राष्ट्रपति जेलेन्स्किी रुसी योजना तोड्यौ, सरकार डगमगाएको छैनः राष्ट्रपति जेलेन्स्किी दीप संञ्चार फागुन १५, २०७८ गते १४:२३ मा प्रकाशित एजेन्सी-युक्रेनको राजधानी सहर किभलाई रुसी सेनाले चारै तिरबाट मिसाइलले हमला गरे पनि सरकार कत्ति पनि नडगमगाएको र राष्ट्रपति जेलेन्स्किी भोलोदिमिरको पकडमा रहेको बताइएको छ । युक्रेनी सेना राजधानी किभ, दक्षिणी सहर ओडेसा र उत्तरपूर्वी सहर खार्किभमा लडिरहेको राष्ट्रपति जेलेन्स्किीले बताएका छन् ।‘अतिक्रमणकारीहरुले हाम्रो राज्यको केन्द्रलाई अवरोध गर्न चाहन्छन्,’ राष्ट्रपतिले भने, ‘हामीले उनीहरूको योजना तोड्यौं ।’ रूसी सेनाले किभलाई घेरा हालेपछि सरकारले त्यहाँका स्थानीयलाई घरभित्रै बस्न भनेको छ ।रुसी हमलामा अहिलेसम्म २४० सर्वसाधारणको हताहत भएको राष्ट्रसंघले जनाएको छ । युक्रेनले सर्वसाधारणसहित आफ्ना १३७ जनाको मृत्यु भएको पुष्टि गरेको छ । रुसी सेनातर्फ भएको हताहतबारे मस्कोले अहिलेसम्म केही उल्लेख गरेको छैन् ।रुसी क्षेप्यास्त्रले राजधानीबाट केही किलोमिटर टाढा रहेको सहरको एउटा तेल डिपोमा हमला गरेका छन् । अहिले डिपोबाट निस्किएको विषाक्त धुँवाबाट वरपरको वातावरण प्रदूषित भएको प्राप्त विवरणहरुमा जनाइएको छ ।रुसी हमला सुरु भएपछि राजधानीका मानिसहरु रातभर अन्डरग्राउन्ड आश्रयमा बिताएका छन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #युक्रेन तनाव तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप