गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनए निर्वाचन रोक्न परराष्ट्र मन्त्रालयले दिएको निर्देशनविरुद्दको मुद्दा आज स्थगित एनआरएनए निर्वाचन रोक्न परराष्ट्र मन्त्रालयले दिएको निर्देशनविरुद्दको मुद्दा आज स्थगित दीप संञ्चार फागुन ११, २०७८ गते २३:१० मा प्रकाशित काठमाडौँ -परराष्ट्र मन्त्रालयले एनआरएनए निर्वाचन रोक्न दिएको निर्देशन बिरुद्द पाटन उच्च अदालतमा बुधवार फाल्गुन ११ का लागि तोकिएको पेशी अन्तिम अवस्थामा आएर रोकिएको छ ।बुधवार परराष्ट्र मन्त्रालय र एनआरएनएका कानुनविदहरु बहसका लागि अदालत पुगेपनि पालोका कारण बहस गर्न नभ्याएको भन्दै बुधवारको पेशी रोकिएको छ ।संघ र परराष्ट्र मन्त्रालयबीचको मुद्दाको सुनुवाई आज बुधवार पाटन उच्चअदालतको १४ नम्बर इजलासमा न्यायधिशद्धय बबिता उप्रेती र मिना गौतम सेढाईको संयुक्त इजलासमा हुने भएको थियो । सो इजलासमा आज ११ वटा मुद्दाको पेशी तोकिएको मध्य संघ र मन्त्रालयको मुद्दा ९ नम्बरमा परेको थियो । उक्त मुद्दा आज स्थगित भएको छ ।परराष्ट्र मन्त्रालयले एनआरएनएलाई निर्वाचन रोक्न निर्देशन दिएपछि पाटन उच्च अदालतले मंशिर ११ गते केहि समयको लागी अन्तरिम आदेश दिँदै परराष्ट्र मन्त्रालयका पत्र कार्यान्वयन नगर्नु र नगराउनु भन्दै अन्तरिम आदेश दिएको थियो । उक्त मुद्दाको पेशी बुधवारका लागि तोकिएको थियो ।अदालतका बिभिन्न मुद्दामा एनआरएनए -परराश्ट्र बिरुद्दको पेशी नौ नंवरमा थियो । अदालतका न्यायाधिशहरुले चार, पाँच वटा मुद्दामा बहस गर्दा समय नपुग भएपछि एनआरएनएको पेशी रोकिएको हो । अर्को पेशी प्रशासनले तोक्ने हुँदा दुई सातादेखि तिन सातामा तोकिने संभावना रहेको छ ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल